ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसी मिसाइल आक्रमणमा किभमा पाँच जनाको मृत्यु, २३ घाइते


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १० : १५   बजे

काठमाडौं । रुसले युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा गरेको पछिल्लो मिसाइल आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा आवासीय भवन, गोदाम, स्वास्थ्य संस्था तथा अन्य संरचनामा क्षति पुगेको छ।

युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका उद्धार टोलीले भग्नावशेषमा फसेका मानिसको खोजी तथा उद्धार जारी राखेका छन्। आक्रमणका कारण विभिन्न स्थानमा आगलागीसमेत भएको थियो।

किभका मेयर भिताली क्लित्स्कोका अनुसार आक्रमणमा बाल अस्पतालमा समेत क्षति पुगेको छ। अस्पतालका झ्यालका सिसा फुटेका छन् भने आसपासका क्षेत्रमा रहेका केही सवारीसाधनमा आगलागी भएको छ।

किभ प्रशासनले आक्रमणअघि नै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गर्दै हवाई आक्रमणसम्बन्धी चेतावनी जारी गरेको थियो। आक्रमणपछि विभिन्न क्षेत्रमा उद्धार तथा आगो नियन्त्रणको काम जारी रहेको जनाइएको छ।

यसैबीच, रुसको आक्रमणपछि छिमेकी पोल्यान्डले आफ्नो हवाई क्षेत्रको सुरक्षाका लागि ‘सावधानीमूलक सैन्य विमान अभियान’ सुरु गरेको छ। पोल्यान्डले युक्रेनमा भएको रुसी आक्रमणका क्रममा आफ्नो हवाई क्षेत्रलाई सम्भावित जोखिमबाट सुरक्षित राख्न सैन्य विमान परिचालन गरेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता, आज पहिलो बैठक

बालश्रम रोक्न नयाँ विधेयक अघि बढ्यो, २७ वर्ष पुरानो कानुन संशोधन हुँदै

सम्बन्धित

ह्यारी र मेगन बेलायत फर्किँदै, छोराछोरी बेलायती विद्यालयमा भर्ना

भारतमा पीएम–केयर्स फन्डको रकम विद्यालय विकासमा खर्च गर्न सीजेपीको माग

वार्ता असफल भएको आरोप लगाउँदै ट्रम्पको इरानमाथि ‘आर्थिक युद्ध’को चेतावनी, सहयोगी देशलाई पनि प्रतिबन्धको धम्की

आईएसविरुद्धको युद्ध सम्झिँदै इराकी प्रधानमन्त्रीले गरे इरानको प्रशंसा

रक्षामन्त्रीबाट हटाइएका फेडोरोभद्वारा चुनावको माग : युक्रेनमा शासन प्रणाली नै सङ्कटमा परेको दाबी

इरानमाथि यूएईको कडा आर्थिक कदम : सबै व्यापारिक तथा वित्तीय कारोबार अनिश्चितकालका लागि रोकियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu