काठमाडौं, भदौ ४ गते । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ९ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य २६० रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ रुपैयाँ निर्धारण भएको छ।
बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँ र चाँदी ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार एक औँस सुन ४ हजार ५१२ अमेरिकी डलर र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
— रासस
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्