ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैवाहिक जबरजस्ती करणी मुद्दामा सञ्जय महर्जनलाई सर्वोच्चबाट सफाइ


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ११ : २५   बजे

चितवन । वैवाहिक जबरजस्ती करणीको आरोप लागेका ललितपुर धोबिघाट निवासी सञ्जय महर्जनलाई सर्वोच्च अदालतले सफाइ दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले २०८२ चैत १५ गते फैसला गर्दै उच्च अदालत पाटनको फैसला बदर गरी महर्जनलाई निर्दोष ठहर गरेको हो।

मुद्दा ललितपुर जिल्ला अदालतबाट सुरु भएको थियो। जिल्ला अदालतले २०७६ असार ३१ गते महर्जनलाई सफाइ दिएको थियो। कार्यस्थलमा उनको उपस्थिति देखाउने प्रमाण र आरोप पुष्टि गर्ने वस्तुनिष्ठ प्रमाण पर्याप्त नभएको भन्दै जिल्ला अदालतले उनलाई निर्दोष ठहर गरेको थियो।

तर सरकारी पक्षले उक्त फैसलाविरुद्ध पुनरावेदन गरेपछि उच्च अदालत पाटनले २०७६ चैत ४ गते जिल्ला अदालतको फैसला उल्टाउँदै मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (४) बमोजिम महर्जनलाई एक वर्ष कैद सजाय सुनाएको थियो।

उच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उक्त फैसला बदर गरेको हो।

सर्वोच्चले महर्जन घटनास्थलमा रहेको भन्ने आरोपलाई खण्डन गर्ने बायोमेट्रिक हाजिरी तथा आधिकारिक कागजातलाई महत्वपूर्ण प्रमाण मानेको छ। फैसलाअनुसार २०७६ वैशाख ११ गते वारदात भएको भनिएको समयमा महर्जन महाराजगञ्जस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा बिहान ६ः५३ बजेदेखि बेलुकी ५ः५३ बजेसम्म निरन्तर ड्युटीमा रहेको तथ्य अस्पतालको बायोमेट्रिक हाजिरी र आधिकारिक पत्रबाट पुष्टि भएको थियो।

त्यस्तै, पीडित भनिएकी महिलाको स्वास्थ्य परीक्षण प्रतिवेदनमा जबरजस्ती करणी वा शारीरिक हिंसा पुष्टि हुने चोटपटक वा अन्य स्पष्ट चिन्ह नदेखिएको पनि सर्वोच्चले उल्लेख गरेको छ।

अनुसन्धानका क्रममा लिइएको बयान तथा अदालतमा दिइएको बकपत्रमा जाहेरवाला र मौकाका साक्षीहरूको भनाइबीच मिति तथा घटनाको विवरणमा समेत गम्भीर विरोधाभास रहेको अदालतको ठहर छ।

सर्वोच्च अदालतले उपलब्ध प्रमाण तथा परिस्थितिको समग्र मूल्याङ्कन गर्दै घटनाको मूल कारण वैवाहिक जबरजस्ती करणीभन्दा विवाह दर्ता नभएको विषयमा उत्पन्न रिसइबी तथा पारिवारिक मनमुटावसँग सम्बन्धित रहेको निष्कर्ष निकालेको छ।

यससँगै सर्वोच्चले उच्च अदालत पाटनको फैसला बदर गर्दै सञ्जय महर्जनलाई आरोपबाट पूर्ण रूपमा सफाइ दिएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘स्पष्टीकरणको मौका नदिई फेसबुकबाटै निलम्बन गरियो’ : राजेश खिम्दुङ

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

सम्बन्धित

किष्ट अस्पतालमा पाँच वर्षीया बालिकामा सफल कलेजो प्रत्यारोपण

सुनको मूल्य तोलामा ९ हजार ३०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ९ हजार ३०० रुपैयाँले बढ्यो

सुनको भाउमा आज भारी वृद्धि, तोलामा ९ हजार ३ सय रुपैयाँ बढ्यो

खदिक्तेलको दुई सय वर्ष पुरानो चौतारो गायब, सार्वजनिक जग्गा अतिक्रमणको आरोप

भरतपुरको केन्द्रीय बस टर्मिनलमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu