काठमाडौं । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको हक–अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाडौंमा खबरदारी र्याली निकालिएको छ।
Originally published on abcnews.com.np.
काठमाडौं । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको हक–अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाडौंमा खबरदारी र्याली निकालिएको छ।
संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा काठमाडौं उपत्यका विशेष समितिको आयोजनामा बिहीबार माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म र्याली निकालिएको हो।
र्यालीमा सहभागीहरूले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारसँग माग गरेका थिए। उनीहरूले ‘गरिबमारा सरकार मुर्दावाद’, ‘लोकतन्त्रको सम्मान गर्’, ‘मानवअधिकारको सम्मान गर्’ र ‘सुकुम्वासीको व्यवस्थापन के गरिस् ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
मोर्चाले सरकारले डोजर चलाउँदा विस्थापित भई ज्यान गुमाएका व्यक्तिलाई भूमिअधिकार आन्दोलनका सहिद घोषणा गर्नुपर्ने मागसमेत गरेको छ।
भूमिहीन तथा सुकुम्वासीको स्थायी व्यवस्थापन, आवास तथा भूमिअधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने भन्दै उनीहरूले आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्