काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली कर्णाली याक्सले भारतीय कम्पनी एभर राइज स्पोर्ट्स प्रालिलाई तेस्रो सिजनका लागि पनि एपरेल पार्टनरका रूपमा निरन्तरता दिएको छ ।
एनपीएलको तेस्रो सिजनका लागि कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र एभर राइज स्पोर्ट्सका निर्देशक शेख मोहम्मद सभमनले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै कर्णाली याक्सले एनपीएलको आगामी सिजनमा एभर राइजकै पोसाक प्रयोग गर्नेछ । गत सिजन पनि एभर राइज कर्णालीको एपरेल पार्टनर रहेको थियो ।
सम्झौता कार्यक्रममा कर्णालीका क्रिकेट निर्देशक मल्लले लगातार दोस्रो वर्ष सहकार्यका लागि एभर राइजलाई धन्यवाद दिए । गत सिजनको सहकार्य उत्कृष्ट रहेकाले साझेदारीलाई निरन्तरता दिइएको उनले बताए ।
एभर राइजका निर्देशक सभमनले पनि लगातार दोस्रो वर्ष कर्णाली याक्ससँग आबद्ध हुन पाउँदा खुसी र गर्व लागेको बताए । उनले कर्णालीबाट प्राप्त विश्वास, साथ र सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
एनपीएलको तेस्रो सिजन आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुँदैछ । प्रतियोगिताभर कर्णाली याक्सले एभर राइज स्पोर्ट्सको पोसाक प्रयोग गर्नेछ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्