काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई लक्षित गर्दै राजनीतिक नेतृत्वमा पदप्रतिको असन्तुष्टिमाथि कटाक्ष गरेका छन्।
Originally published on abcnews.com.np.
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई लक्षित गर्दै राजनीतिक नेतृत्वमा पदप्रतिको असन्तुष्टिमाथि कटाक्ष गरेका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले पाँच पटक प्रधानमन्त्री भइसकेको व्यक्ति छैटौँ पटक प्रधानमन्त्री बन्न नपाउँदा पनि असन्तुष्ट हुने गरेको टिप्पणी गरे।
‘पाँच पटक प्रधानमन्त्री भएको मान्छे छैटौँ पटक भएन भनेर असन्तुष्ट हुन्छ। दुई पटक सभापति भएको मान्छे तेस्रो पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ,’ थापाले भने।
उनले आफूहरूजस्ता जिम्मेवारीमा रहेका व्यक्तिसमेत असन्तुष्ट हुने प्रवृत्ति रहेको बताए।
‘हामी हेर्यौँ भने मञ्चमा बसेका मान्छे, जो जिम्मेवारी पाएका छौँ, हामी पनि असन्तुष्ट हुन्छौँ,’ उनले भने।
थापाले पछिल्लो समय राजनीति क्रमशः राजकीय पद र जिम्मेवारीमा केन्द्रित हुँदै गएको बताए। राजनीतिक नेतृत्वले आफूले पाएको जिम्मेवारीलाई सेवा र दायित्वका रूपमा लिनुपर्ने उनको भनाइ थियो।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्