ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वासुदेव खहरेले बगाएकी ११ वर्षीया बालिकाको शव चौथो दिनमा फेला


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ९ : २५   बजे

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१९ वासुदेवस्थित वासुदेव खहरे खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया बालिका सुमित्रा भोलनको शव चौथो दिनमा फेला परेको छ ।

मङ्गलबार साँझ विद्यालयबाट घर फर्कने क्रममा खोलाले बगाएर बेपत्ता भएकी भोलनको शव शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार प्रहरी र स्थानीयवासीले खोजी गर्ने क्रममा बिहान ७ बजे खोलाले बगाएको स्थानबाट करिब पाँच किलोमिटर तल मनहरी गाउँपालिका–३ लामिटारस्थित राप्ती खोलामा कास र बालुवामा अल्झिएको अवस्थामा शव फेला परेको हो ।

मङ्गलबार साँझ ५ः५५ बजे हेटौँडा–१९ बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयबाट घर फर्कने क्रममा वासुदेव खहरे खोला तर्ने क्रममा चार बालिकालाई खोलाले बगाएको थियो ।

बगाएकामध्ये १२ वर्षीया विनिता ब्लोनको शव बुधबार फेला परेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बगाएको स्थानबाट करिब चार किलोमिटर तल वासुदेव खोलाको किनारमा उनको शव फेला पारेको थियो ।

त्यस्तै, आठ वर्षीया रोशनी स्याङ्तानलाई रुखको जरामा अड्किएको अवस्थामा उद्धार गरी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

खोलाले बगाएकी १३ वर्षीया सीमा भोलनलाई भने सकुशल उद्धार गरिएको थियो । उनको हेटौँडा अस्पतालमा उपचार गरिएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

खोलाले बगाएका चारै बालिका मकवानपुरको राक्सिराङ गाउँपालिका–१ भूमेथुमका स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

यससँगै विद्यालयबाट घर फर्कने क्रममा वासुदेव खहरे खोलाले बगाउँदा एउटै गाउँका तीन बालिकाको मृत्यु भएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कर्मचारीको विदेश भ्रमण बढ्दो, एक वर्षमा १४८ देश पुगे १३ हजार ५३१ जना

जय नेपाल पार्टीको मुख्य प्रतिस्पर्धी घण्टी : धवल शम्शेर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Embargo Fuels Crisis in Cuba, Media Reporting Lacks Context

Yoga Retreat Continues in Wales Despite Teacher’s Critical Illness

The Sleep of Reason: How Societal Shifts Create Space for ‘Monsters’

Nepal Sees Sharp Decline in Foreign Investment Commitments

सरकारी कर्मचारीको विदेश भ्रमण बढ्दो, एक वर्षमा १४८ देश पुगे १३ हजार ५३१ जना

बीपीएलको यस वर्षको संस्करण नहुने, पर्याप्त तयारी र गुणस्तरीय फ्रेन्चाइज अभाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu