पोखरा, ३ वैशाख । सिसिन्डिकेट तोड्न सरकारले रुट इजाजत खुला गरेको भन्दै नेपाल यातायात राष्ट्रिय महासँघले घोषणा गरेको चरणबद्ध आन्दोलनको गण्डकी धौैलागिरी अञ्चल सार्बजनिक यातायात ब्यबसायी समन्वय समितिले ऐक्यबद्धता जनाएको छ ।
सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत यातायात व्यबसायीहरुको रोजिरोटी सरकारले खोसेको भन्दै केन्द्रले घोषणा गरेको चरणबद्ध आन्दोलनमा साथ रहने गण्डकी धौलागिरी अञ्चल यातायात ब्यबसायीले जनाएको हो ।
यातायात व्यवस्था विभागले १८ चैतमा यातायात व्यवस्था कार्यबिधी निर्देशिका संशोधन गरेर देशभरका सडकमा रुट इजाजत खुला गर्ने निर्णय गरेको थियो । यसको घोर आपत्ति गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यसको खारेजीको माग गरेपनि सरकारले बेवास्ता गरेको भन्दै व्यबसायीहरु चरणबद्ध आन्दोलनमा उत्रेको गण्डकी धौैलागिरी अञ्चल सार्बजनिक यातायात ब्यबसायी समन्वय समितिका बरिष्ठ उपाध्यक्ष योगेन्द्र बहादुर केसीले बताए ।
उनले भने ‘एकपक्षीय ढंगबाट संशोधन गरीएको निर्देशिका हामी मान्दैनौं, यसको बिरोधमा गण्डकी धौैलागिरी अञ्चल सार्बजनिक यातायात ब्यबसायी समन्वय समितिको मातहतमा रहेका मालबहाक तथा यात्रुबहाक अन्य सवारी साधनहरु समेत ठप्प पार्नेछौ ।”
के।सी ले एकपक्षिय ढंगबाट संशोधन गरीएको निर्देशिका खारेजी नभएको खण्डमा बिद्यार्थी परिचयपत्रको आधारमा ४५ प्रतिशत र जेष्ठ नागरिकलाई दिदै आएको ५० प्रतिशत सहुलियत अब उप्रान्त दिन नसक्ने बताउदै ग्रामीण भेगका कच्ची सडकखण्डमा यातायातको सुबिधा ठप्प पार्ने बताए । उनले भने “आगामी २६ गते सम्म यातायात व्यबसायीहरुको माग सुनुवाई भएन भने अनिश्चितकालिन नेपाल बन्द समेत गर्नेछौ ।”
नेपाल सरकारले यातायात व्यबसायीहरुका संघ संस्थाको खारेजी, २० बर्षे सवारीको दर्ता खारेजी, संगित कर लगायतका विषय समाबेश गरी यातायात व्यबस्था कार्य निर्देशिका २०७४ लागु गरेकोले यसप्रति घोर आपत्ति जनाउदै के।सी ले गण्डकी धौैलागिरी अञ्चल सार्बजनिक यातायात ब्यबसायी समन्वय समिति मातहतमा रहेका सबै सवारी साधन ठप्प पार्ने समेत बताए ।
प्रतिक्रिया दिनुहोस्