काठमाडौँ, भदौ ५ गते । काठमाडौँ महानगरपालिका–३ बाँसबारीमा लगातार परेको वर्षाका कारण साढे दुई तले घर भासिएर कोल्टे परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार बिहीबार राति करिब ८ बजे हरि श्रेष्ठको घर भासिएको हो।
प्रारम्भिक रूपमा निरन्तरको वर्षाका कारण घर भासिएको हुनसक्ने प्रहरीको अनुमान छ। उक्त घरमा गेस्ट हाउस सञ्चालन हुँदै आएको थियो।
मानवीय क्षति भएन
घर भासिएर जोखिमपूर्ण अवस्थामा पुगे पनि घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घर पूर्ण रूपमा भत्किएको छैन, तर जोखिमपूर्ण अवस्थामा रहेको छ। घटनास्थलमा प्रहरी टोली पुगेर निरीक्षण तथा आवश्यक सुरक्षा व्यवस्थाबारे काम गरिरहेको छ। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्