ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री बालेन शाह पोखरा आउँदै, धिताल अस्तामको इको भिलेजमा बस्ने तयारी


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ११ : ४५   बजे

पोखरा । प्रधानमन्त्री बालेन शाह शुक्रबार पोखरा आउन लागेका छन्। उनी स्थलमार्ग हुँदै पोखरा आउँदै गरेको बताइएको छ।

प्रधानमन्त्री शाह कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित धिताल अस्तामको अन्नपूर्ण इको भिलेजमा बस्ने तयारी गरिएको छ। प्रधानमन्त्रीका लागि उक्त लजका सबै कोठा बुक गरिएको स्रोतले जनाएको छ।

इको भिलेजमा एक रातमा करिब ६० जनासम्म बस्न सक्ने क्षमता रहेको छ। प्रधानमन्त्रीको मुस्ताङ भ्रमणको कार्यक्रम भने बिहीबार सार्वजनिक भएको थियो। यद्यपि, पोखरामा उनको अन्य कार्यक्रमबारे अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

सुरक्षा निकायलाई औपचारिक जानकारी छैन

प्रधानमन्त्री पोखरा आउने तयारीबारे स्थानीय सुरक्षा निकायले भने औपचारिक जानकारी प्राप्त नभएको बताएका छन्।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिं गुरुङले प्रधानमन्त्रीको आगमनबारे आफूले आधिकारिक रूपमा जानकारी नपाएको र सञ्चारमाध्यमबाट मात्रै खबर थाहा पाएको बताए।

यस्तै, इको भिलेजका सञ्चालक विश्वराज अधिकारीले पनि प्रधानमन्त्री बस्ने विषयमा आफूले सञ्चारमाध्यमबाट जानकारी पाएको बताएका छन्। उनले यसबारे आफूलाई थप जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

प्रकृति र हिमशृङ्खलाको दृश्यावलोकन

अन्नपूर्ण इको भिलेज प्रकृति, ध्यान, परम्परा र आतिथ्यलाई केन्द्रमा राखेर सञ्चालन गरिएको लज हो। यहाँबाट अन्नपूर्ण, धौलागिरि र मनास्लुलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ।

प्रधानमन्त्री शाहको आगमनसँगै इको भिलेज आसपासको सुरक्षा व्यवस्थामा पनि विशेष ध्यान दिइने बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु

 रघुगंगा गाउँपालिकामा नौ वर्षमा सडकदेखि स्वास्थ्य र पर्यटनसम्मका पूर्वाधार विस्तार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सेना र सुरक्षासँग जोडिएको गम्भीर उजुरी संसदीय सुनुवाइ समितिमा

लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु

 रघुगंगा गाउँपालिकामा नौ वर्षमा सडकदेखि स्वास्थ्य र पर्यटनसम्मका पूर्वाधार विस्तार

महाकाली अस्पतालमा डायलाइसिसका बिरामीको चाप, जनशक्ति र उपकरण अभावले सेवा प्रभावित

Russian FSB Detains Foreign National Allegedly Planning Drone Reconnaissance

Russia Conducts Missile Test Near Disputed Kuril Islands Following Japanese Protest

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu