ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ११ : ५५   बजे

काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त भएका छन्। उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

डा. जोशी स्वास्थ्य अनुसन्धान, चिकित्सा सेवा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव भएका चिकित्सक हुन्। उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नेतृत्व तहमा समेत काम गरिसकेका छन्।

जोशीले सन् २००० मा युक्रेनको ओडेसा स्टेट मेडिकल युनिभर्सिटीबाट एमबीबीएस तथा सन् २००९ मा नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस (न्याम्स) बाट अर्थोपेडिक्स तथा ट्रमा विषयमा एमएस गरेका छन्। उनले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालबाट आर्थोप्लास्टी तथा आर्थोस्कोपीमा फेलोसिपसमेत हासिल गरेका छन्।

परिषद्मा नेतृत्वको अनुभव

डा. जोशीले सन् २०२४ देखि २०२६ सम्म नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी सदस्यसचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए।

त्यसअघि उनी राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट, गेटा अस्पतालका संस्थापक निर्देशक तथा सेती प्रादेशिक अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जनका रूपमा कार्यरत थिए।

चिकित्सा सेवा, स्वास्थ्य अनुसन्धान तथा स्वास्थ्य संस्था व्यवस्थापनमा प्राप्त उनको अनुभवले परिषद्को अनुसन्धानसम्बन्धी कामलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसदीय सुनुवाइ समितिमा सेना तथा सुरक्षासम्बन्धी गम्भीर उजुरी

लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु

सम्बन्धित

प्रदीप पौडेलको आग्रह : फरक विचार बोकेर सानेपा आउनुस्, कांग्रेसको विवाद संवादबाटै समाधान गरौँ

सिद्धार्थ बैंकले ल्यायो व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइन खाता खोल्ने सेवा

सेना र सुरक्षासँग जोडिएको गम्भीर उजुरी संसदीय सुनुवाइ समितिमा

महाकाली अस्पतालमा डायलाइसिसका बिरामीको चाप, जनशक्ति र उपकरण अभावले सेवा प्रभावित

संसदीय सुनुवाइका सूचना दिनु सूचना अधिकारीको कानुनी दायित्व हो : वर्षमान पुन

नाडा अटोमोबाइल्सको ५० वर्षे यात्रा, भदौ ९ देखि १८औँ नाडा अटो शो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu