ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरिशरण अर्याल नियुक्त


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १२ : ०५   बजे

काठमाडौँ । आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरिशरण अर्याल नियुक्त भएका छन् ।

नवनियुक्त रजिस्ट्रार डा. अर्यालले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

डा. अर्यालले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसबाट बीएएमएस तथा कायचिकित्सा विषयमा एमडी गरेका छन् । एमडी अध्ययनका क्रममा उनले स्वर्णपदकसहित विशिष्ट श्रेणी हासिल गरेका थिए ।

उनी सन् २००९ देखि नेशनल नेचर केयर हस्पिटलमा मेडिकल डाइरेक्टरका रूपमा कार्यरत छन् । त्यसअघि उनले नरदेवीस्थित आयुर्वेद अस्पतालमा कन्सल्टेन्ट कायचिकित्सकका रूपमा काम गरेका थिए ।

डा. अर्याल नेपाल आयुर्वेद मेडिकल काउन्सिल तथा सिंहदरबार वैद्यखाना विकास समितिका पूर्वकार्यकारी सदस्यसमेत हुन् ।

आयुर्वेद क्षेत्रमा लामो अनुभव

कायचिकित्सा क्षेत्रमा विशेषज्ञता हासिल गरेका डा. अर्यालले आयुर्वेद चिकित्सा सेवाको उपचार तथा व्यवस्थापन क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका छन् ।

नेशनल नेचर केयर हस्पिटलमा मेडिकल डाइरेक्टरका रूपमा कार्यरत रहँदा उनले अस्पताल व्यवस्थापनसँगै आयुर्वेद चिकित्सा सेवाको विकासमा समेत भूमिका निर्वाह गरेका छन् । नरदेवीस्थित आयुर्वेद अस्पतालमा कन्सल्टेन्ट कायचिकित्सकका रूपमा रहँदा विभिन्न रोगको उपचारमा समेत संलग्न थिए ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसदीय सुनुवाइ समितिमा सेना तथा सुरक्षासम्बन्धी गम्भीर उजुरी

लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु

सम्बन्धित

प्रदीप पौडेलको आग्रह : फरक विचार बोकेर सानेपा आउनुस्, कांग्रेसको विवाद संवादबाटै समाधान गरौँ

सिद्धार्थ बैंकले ल्यायो व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइन खाता खोल्ने सेवा

सेना र सुरक्षासँग जोडिएको गम्भीर उजुरी संसदीय सुनुवाइ समितिमा

महाकाली अस्पतालमा डायलाइसिसका बिरामीको चाप, जनशक्ति र उपकरण अभावले सेवा प्रभावित

संसदीय सुनुवाइका सूचना दिनु सूचना अधिकारीको कानुनी दायित्व हो : वर्षमान पुन

नाडा अटोमोबाइल्सको ५० वर्षे यात्रा, भदौ ९ देखि १८औँ नाडा अटो शो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu