बुटवल, ३ वैशाख । यातायात मजदुर तथा व्यवसायी भलाइ कोषको ४२औँ साधारणसभा र २२औँ अधिवेशनबाट दिनेश फुल्लेलको अध्यक्षतामा १७ सदस्यीय नया“ नेतृत्व निर्विरोध निर्वाचित भएको छ ।
कोषका उपाध्यक्षमा छविलाल थापा, महासचिवमा योगेश गुरुङ, सचिवमा प्रकाशकुमार नेपाल र कोषाध्यक्षमा विजेश न्यौपाने तथा सदस्यमा प्रकाश गैरे, दिलीप कार्की, तोयनाथ लम्साल, लक्ष्मी पाण्डे, लालकाजी गुरुङ, चेतबहादुर गुरुङ, होमप्रसाद पौडेल, भक्तिराम शर्मा, किशोर क्षेत्री, दीपेन्द्र शर्मा, अर्जुनकुमार बञ्जाडे, कृष्णप्रसाद रेग्मी र श्याम गैरे निर्विरोध निर्वाचित हुनुभएको छ ।
कोषको आज सम्पन्न ४२औँ साधारणसभामा प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले मुलुकलाई अब नयाँ सोंचका साथ अगाडि बढाउनुपर्ने बताउनुभयो । प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले राजनीतिक परिवर्तनमा मजदुर वर्गको हिस्सेदारी रहेको बताउनुभयो । जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम र भलाइ कोषका अध्यक्ष नारायणप्रसाद भट्टराईले सामाजिक सुरक्षा ऐनभित्र मजदूरको निवृत्तिभरण व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्