काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) निजी भ्रमणका क्रममा मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न गएको दाबी गरेका छन्।
शाहीले प्रधानमन्त्रीको निजी भ्रमणमा सुरक्षाकर्मीको ठूलो टोली लिएर जान आवश्यक नरहेको बताएका छन्। उनका अनुसार प्रधानमन्त्री शाह शुक्रबार बिहान काठमाडौंहबाट मुस्ताङतर्फ प्रस्थान गरेका हुन्।
प्रधानमन्त्रीको भ्रमणबारे सुरक्षा निकायलाई जानकारी नभएको दाबीसमेत शाहीले गरेका छन्।
‘प्रधानमन्त्रीले मुस्ताङ जाँदा सुरक्षाकर्मी लिएर गएनन् भन्ने हल्ला सामाजिक सञ्जालमा चलिरहेको छ,’ शाहीले भने, ‘उहाँ निजी भ्रमणमा मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न जानुभएको हो। निजी भ्रमणमा पनि सुरक्षाकर्मीको धेरै संख्या लिएर हिँड्नुपर्छ भन्ने छैन।’
शाहीले प्रधानमन्त्रीलाई निजी समय र व्यक्तिगत जीवनमा एक्लै घुम्न पाउने अधिकार रहेको बताए। हरेक विषयलाई राजनीतिक रंग दिएर अनावश्यक हल्ला गर्न आवश्यक नरहेको उनको भनाइ छ।
यसअघि प्रधानमन्त्री शाहको पोखरा तथा मुस्ताङ भ्रमणबारे सुरक्षा निकायलाई औपचारिक जानकारी नभएको सम्बन्धित जिल्लाका प्रहरी अधिकारीहरूले बताएका थिए।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्