ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कन्याजालीको अवस्थालाई बलात्कारको निर्णायक प्रमाण मान्न नमिल्ने सर्वोच्चको नजिर


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ९ : ५५   बजे

काठमाडौँ । सर्वोच्च अदालतले महिलाको कन्याजालीको अवस्था मात्रै बलात्कार वा सहमतिमा भएको यौन सम्पर्कको निर्णायक प्रमाण हुन नसक्ने स्पष्ट गरेको छ। अदालतले यौन अपराधका घटनामा ‘कौमार्य परीक्षण’ गर्ने परम्परागत अभ्यासलाई अस्वीकार गर्दै कन्याजालीको अवस्थालाई अन्य प्रमाणसँग समग्रतामा मूल्यांकन गर्नुपर्ने नजिर स्थापित गरेको हो।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र मेघराज पोखरेलको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै यस्तो व्याख्या गरेको हो।

फैसलामा कन्याजाली च्यातिएको वा त्यसमा पुरानो घाउ देखिँदैमा त्यसको निश्चित कारण, समय वा संलग्न व्यक्तिको पहिचान स्वतः स्थापित नहुने उल्लेख छ। त्यस्तै, कन्याजाली अक्षत रहेको आधारमा बलात्कार नभएको निष्कर्ष निकाल्न पनि नमिल्ने अदालतले स्पष्ट पारेको छ।

अदालतका अनुसार स्वास्थ्य परीक्षणबाट प्राप्त तथ्यलाई पीडितको बयान, घटनाको प्रकृति, परीक्षण गरिएको समय, शरीरमा देखिएका अन्य चोटपटक तथा प्रत्यक्ष र परिस्थितिजन्य प्रमाणसँग जोडेर समग्र रूपमा मूल्यांकन गर्नुपर्छ।

दुई चिकित्सकलाई भ्रष्टाचारमा दोषी ठहर

सर्वोच्चले १२ वर्षीया बलात्कार पीडित बालिकाको स्वास्थ्य परीक्षणका क्रममा कन्याजालीमा देखिएको घाउ लुकाएर ‘सामान्य’ प्रतिवेदन दिएको भन्दै जनकपुर अञ्चल अस्पतालका तत्कालीन चिकित्सक डा. रम्भा गोइत र डा. विजयकुमार सिंहलाई दोषी ठहर गरेको छ।

दुवैलाई जनही तीन महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने सर्वोच्चको फैसला छ। चिकित्सकलाई आफ्नो विशेषज्ञताका आधारमा चिकित्सकीय राय दिने अधिकार भए पनि परीक्षणका क्रममा देखिएका वस्तुगत तथ्य लुकाउने वा गलत विवरण उल्लेख गर्ने अधिकार नभएको अदालतले जनाएको छ।

अदालतले कन्याजाली बलात्कारको निर्णायक प्रमाण नभए पनि परीक्षणमा देखिएको वास्तविक अवस्थालाई चिकित्सकीय प्रतिवेदनमा उल्लेख गर्नुपर्ने स्पष्ट गरेको छ। बालिकाको परीक्षणमा घाउ देखिँदा पनि त्यसलाई लुकाएर सामान्य प्रतिवेदन दिनु अनुसन्धान तथा न्यायिक प्रक्रियालाई प्रभावित पार्ने बदनियतपूर्ण कार्य भएको सर्वोच्चको ठहर छ।

‘कौमार्य परीक्षण’प्रति सर्वोच्चको प्रश्न

फैसलामा फरेन्सिक परीक्षणको उद्देश्य महिला वा बालिका ‘कुमारी’ हो वा होइन भन्ने जाँच गर्नु नभएको उल्लेख छ। यसको उद्देश्य घटनासँग सम्बन्धित शारीरिक चोट, जैविक संकेत तथा अन्य चिकित्सकीय तथ्यको वैज्ञानिक अभिलेखीकरण गर्नु रहेको अदालतले स्पष्ट गरेको छ।

कन्याजालीको अवस्थालाई जबरजस्ती करणीको एक मात्र आधार बनाउँदा पीडितको मर्यादा, गोपनीयता र चरित्रमाथि अनुचित आघात पुग्न सक्ने पनि अदालतले औँल्याएको छ।

यो फैसला २०७५ भदौ ८ गते धनुषामा भएको १२ वर्षीया बालिका बलात्कार घटनासँग सम्बन्धित छ। घटनाको भोलिपल्ट जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरेका डा. गोइत र डा. सिंहले महत्वपूर्ण प्रमाण लुकाएर ११ दिनपछि प्रहरीलाई सामान्य अवस्थाको प्रतिवेदन दिएका थिए।

पछि सिराहा जिल्ला अस्पतालमा गरिएको पुनः परीक्षण तथा नेपाल मेडिकल काउन्सिलको छानबिनबाट बालिकाको कन्याजालीमा दुई स्थानमा पुरानो च्यातिएको घाउ रहेको पुष्टि भएको थियो। त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै चिकित्सकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

यसअघि विशेष अदालतले २०७६ पुस १ गते दुवै चिकित्सकलाई जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना गरेको थियो। सर्वोच्चले कसुर कायम राख्दै सजाय घटाएको हो।

सरकारलाई स्पष्ट निर्देशन

सर्वोच्चले यौन हिंसाका पीडितको स्वास्थ्य परीक्षणलाई वैज्ञानिक, तथ्यपरक र मर्यादित बनाउन सरकारलाई निर्देशनात्मक आदेशसमेत दिएको छ।

अदालतले पीडितको गरिमा र गोपनीयताको सम्मान गर्दै सूचित सहमतिका आधारमा आवश्यक परीक्षण मात्र गर्न, चिकित्सा कानुनी परीक्षण, नमुना संरक्षण, अभिलेखीकरण र प्रतिवेदन लेखनका लागि स्पष्ट मापदण्ड तथा कार्यविधि बनाउन सरकारलाई भनेको छ।

त्यस्तै, चिकित्सा शिक्षामा फरेन्सिक मेडिसिनलाई प्रभावकारी बनाउन तथा सरकारी अस्पतालमा आवश्यक पूर्वाधार, बजेट र विशेषज्ञ जनशक्तिको व्यवस्था गर्न पनि सर्वोच्चले निर्देशन दिएको छ।

फैसलाले यौन हिंसाका घटनामा स्वास्थ्य परीक्षणलाई ‘कौमार्यको परीक्षा’ का रूपमा हेर्ने अभ्यास अन्त्य गर्दै वैज्ञानिक प्रमाण, पीडितको मर्यादा र चिकित्सकीय जवाफदेहितालाई प्राथमिकता दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Ukraine’s Top Official Linked to Expanding Corruption Investigation

Ukrainian Soldiers Defect To Fight With Russian Forces

Jannik Sinner Withdraws From US Open Due to Knee Injury

Ukraine Sanctions Popular Russian Cartoon ‘Masha and the Bear’

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu