ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदालत होइन, जनताबीच बसेर कांग्रेसको विवाद समाधान गर्नुपर्छ : गगन थापा


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १० : ०५   बजे

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको आन्तरिक विवाद अदालतको सहारा नलिई जनताकै बीचमा बसेर राजनीतिक रूपमा समाधान गर्नुपर्ने बताएका छन्।

बाह्रखरीसँगको कुराकानीमा थापाले विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विवाद अदालतसम्म पुगेकोप्रति दुःख व्यक्त गर्दै पार्टीभित्रका समस्या राजनीतिक संवाद र छलफलबाटै समाधान गर्नुपर्ने बताए।

उनले वैशाख ४ गते अदालतले विशेष महाधिवेशन वैधानिक भएको फैसला गरेपछि सोहीअनुसार अघि बढ्ने सोच बनाएको बताए। तर, पुनः उस्तै विवाद दोहोरिएपछि समस्या थप जटिल बनेको उनको भनाइ छ।

थापाले आफू विशेष महाधिवेशनबाट सभापति बनेको भन्दै कुनै व्यक्तिगत माग नरहेको पनि स्पष्ट पारे। पार्टीको विधि र प्रक्रियाअनुसार महाधिवेशन सम्पन्न गर्नु नै आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।

असन्तुष्ट पक्षसँग संवादको प्रयास

असन्तुष्ट पक्ष अदालत पुगेपछि पनि आफूले संवादको प्रयास जारी राखेको थापाले बताए। उनका अनुसार वैशाख ६ गतेदेखि उनले कार्यवाहक अध्यक्ष पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, शशांक कोइरालालगायत अधिकांश नेतासँग छुट्टाछुट्टै छलफल गरेका छन्।

तर, असन्तुष्ट पक्षले अदालतको निर्णय नआएसम्म संवादमा बस्न आनाकानी गरिरहेको उनले बताए।

थापाले भदौ २४ गतेदेखि सुरु हुने वडा अधिवेशन कांग्रेसको संगठनात्मक प्रक्रियाको महत्वपूर्ण चरण भएको उल्लेख गर्दै अधिवेशन निष्पक्ष भए–नभएको विषयमा प्रश्न उठाउन सकिने तर प्रक्रियालाई नै अवरुद्ध गर्न नहुने बताए।

निर्वाचन आयोगको निर्णयअनुसार अधिवेशन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिँदै उनले असन्तुष्ट पक्षलाई अधिवेशन निष्पक्ष भए–नभएको हेर्न आग्रह गरे।

असन्तुष्ट पक्षको भेलालाई स्वाभाविक प्रक्रिया माने

कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई थापाले पार्टीभित्रको विचार आदानप्रदानको स्वाभाविक प्रक्रिया भएको बताएका छन्।

उनले यस्ता भेलाबाट पार्टीभित्र विभिन्न मतहरू आउन सक्ने भए पनि त्यसको वैधानिक हैसियत भने नहुने स्पष्ट पारे। भेलामा उठेका विषय आफूले सुनेको तर त्यहाँ व्यक्त धारणामा समेत एकरूपता नरहेको उनले बताए।

भेलामा सहभागी नेताहरूले पार्टीको समस्या सभापति थापामै रहेको निष्कर्ष निकालेको विषयमा प्रतिक्रिया दिँदै उनले आफूविरुद्ध गरिएको आलोचना, अपमान र निन्दालाई स्वीकार नगर्ने बताए।

उनले गौतम बुद्धको उदाहरण दिँदै नकारात्मक टिप्पणीलाई बेवास्ता गरेर पार्टीको काममा केन्द्रित हुनुपर्ने धारणा राखे।

भदौ २४ देखि वडा अधिवेशन

सभापति थापाले कांग्रेसको वडा अधिवेशन भदौ २४ गतेदेखि सुरु हुने जानकारी दिँदै महाधिवेशनको तयारी अघि बढिरहेको बताए।

पार्टीभित्र एकता कायम गर्न आफूले निरन्तर प्रयास गरिरहेको र आगामी महाधिवेशनलाई निष्पक्ष बनाउन तयार रहेको उनको भनाइ छ।

असन्तुष्ट पक्ष अदालत पुगेका कारण संवाद प्रक्रिया प्रभावित भए पनि आफूले संवादको ढोका बन्द नगरेको थापाले बताए। पार्टीभित्रका विवाद अदालतबाट नभई राजनीतिक संवाद र कार्यकर्तामाझ बसेर समाधान गर्नुपर्नेमा उनले जोड दिएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Ukraine’s Top Official Linked to Expanding Corruption Investigation

Ukrainian Soldiers Defect To Fight With Russian Forces

Jannik Sinner Withdraws From US Open Due to Knee Injury

Ukraine Sanctions Popular Russian Cartoon ‘Masha and the Bear’

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu