ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ कार्यशाला सुरु


ABC NEWS
६ भदौ २०८३, शनिबार   ११ : ५५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यहरूका लागि आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’सम्बन्धी दुईदिने कार्यशाला सुरु भएको छ।

‘रास्वपा कार्यशाला–नीति, संगठन र नेतृत्व, शृङ्खला–१’ नाम दिइएको कार्यशालामा पार्टीको नीति, संगठन सुदृढीकरण र नेतृत्व क्षमता विकासका विषयमा छलफल भइरहेको संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिए।

कार्यशालाको पहिलो दिन ‘नेपालको चित्र, हामी कहाँ छौँ ?’ शीर्षकमा अनिल चित्रकारले देशको वर्तमान अवस्था र चुनौतीबारे प्रस्तुति दिने कार्यक्रम छ। यस्तै, उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको प्रस्तावना, सामाजिक लोकतन्त्र र त्यसका आधारबारे प्रस्तुति दिनेछन्।

महामन्त्री विपिनकुमार आचार्यले पार्टीका आधारभूत मूल्य–मान्यता तथा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखाबारे प्रस्तुति दिनेछन्। पूर्वसचिव सुरेन्द्र अर्यालले बजेट निर्माणको वैज्ञानिक प्रक्रियाबारे जानकारी दिने कार्यक्रम छ।

उपसभापति सोविता गौतमले पार्टी र सरकारबीचको अन्तरसम्बन्ध, देखिएका समस्या तथा समाधानका उपायबारे प्रस्तुति दिनेछिन्।

कार्यशालाको दोस्रो दिन कविन्द्र बुर्लाकोटीले पार्टीको संगठनात्मक संरचना, त्यसको सुदृढीकरण तथा केन्द्रीय सदस्यहरूको भूमिकाबारे प्रस्तुति दिने कार्यक्रम छ।

यस्तै, संगठन विभाग प्रमुख न्यौपानेले ‘मिडिया र सोसल मिडिया : कसरी प्रयोग गर्ने ?’ विषयमा प्रशिक्षण दिनेछन्। कार्यशालामार्फत पार्टीको नीति, संगठन र नेतृत्वलाई थप प्रभावकारी बनाउने विषयमा छलफल तथा प्रशिक्षण गरिने रास्वपाले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

सरकारी सफ्टवेयरका लागि छुट्टै केन्द्र, ३० स्थायी कर्मचारी रहने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मुक्तिनाथदेखि कोरला नाकासम्म : बालेन पुगेको मुस्ताङ किन यति संवेदनशील छ?

व्यवसायीको चिन्ता : ‘बजारमा माग छैन, लगानीकर्ता त्रसित छन्’

Keiko Fujimori Wins Peruvian Presidency Amid Family Controversy

Puerto Rico’s Independence Movement Gains Momentum Among Young Voters

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

सरकारी सफ्टवेयरका लागि छुट्टै केन्द्र, ३० स्थायी कर्मचारी रहने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu