काठमाडौं ४ बैशाख । एमाले माओवादी एकता सम्वन्धी प्रतिवेदन टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई दिने गरी एकता संयोजन समितिको बैठक सकिएको छ ।
आगामी ९ पार्टी स्थापना दिवसका अवसरमा हुने भनिएको नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता घोषणा भने केही समयलाई टरेको छ।
मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले ९ गते हुने भनिएको एकता घोषणा गृहकार्य नपुगेको निश्कर्ष निकालेको हो ।
यसअघि सोमबार नै बसेको एमाले स्थायी समितिको बैठकले बैशाख ९ गतेलाई तोकिएको पार्टी एकता कार्यक्रमलाई पर धकेल्न नहुने निष्कर्ष निकालेको थियो।
चुनाव चिन्हको विषयमा कुनै विवाद नरहेको माअोवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘एकता घोषणाका लागि चुनाव चिन्हको विषयमा सहमति भइसकेको छ भने जनयुद्धलाई कसरी सम्वोधन गर्ने र केन्द्रीय समितिको सख्या र समायोजनका बारेमा दुई अध्यक्षले टुंग्याउने सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस्