ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्डिकेट विरुद्ध थप कडा बन्दै सरकार, रुट खारेजी देखी नियन्त्रणमा लिने तयारी


एबीसी न्यूज
४ बैशाख २०७५, मंगलबार   ५ : २८   बजे

काठमाडौं, ४ वैशाख। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैशाख २० गते सार्वजनिक यातायात बन्द गर्ने र २६ गतेदेखि देशभर नै अनिश्चितकालीन यातायात बन्द गर्ने महासंघको तयारी छ । यता सरकारले व्यवसायीलाई अत्यावश्यक सेवामा कुनै हड्ताल नगर्न आग्रह गरेको छ । आग्रहलाई बेवास्ता गरेर सार्वजनिक यातायात बन्द गरे कडा कदम चाल्ने गृहमन्त्रालयले जनाएको छ ।

अत्यावश्य सेवाका हड्ताल गरिए सरकार हात बाँधेर नबस्ने गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले बताउनुभयो। ‘कानुनले दिएको अधिकार सरकारले प्रयोग गर्छ । समितिहरुले हड्तल सिर्जना गरेर यातायात बन्द गरे अन्य कम्पनी आउँछन्,’ उहाँले भन्नुभयो,’हड्ताल गर्ने सिन्डिकेटवालाई सरकारले थुन्छ ।’

सरकारले व्यवसायीको उक्त योजना विफल बनाउन अन्तिरिक गृहकार्य थालेको छ । अब यातायात बन्द गर्नेविरुद्ध सुरक्षाकर्मी परिचालित हुने सरकारले जनाएको छ । अत्यावश्यक सेवा अवरुद्ध गर्दै यातायात नचलाउनेहरुलाई पत्रmाउ गर्ने रणनीति गृह मन्त्रालयको छ । सँगै सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा निकायका चालकहरुको प्रयोग गरेर सेवा अवरुद्ध हुन नदिने गरी आन्तरिक छलफल भइरहेको गृह मन्त्रालय स्रोतले बतायो । गृह सचिव राईले सिन्डिकेटको पक्षमा सेवा अवरुद्ध हुँदा सरकारले कानुनअनुसार नै नागरिकलाई सेवा दिन अग्रसर हुने बताए । सेवा रोकेर हुने आन्दोलन निस्तेज पार्न सरकारले आवश्यकताका आधारमा कदम उठाउने उनको भनाइ छ ।

अत्यावश्यक सेवामा हड्ताल गर्नेलाई ६ महिनासम्म जेल सजायको व्यवस्था छ । यातायात व्यवस्था विभागले पनि सेवा रोक्ने सवारीको रुट खारेजी गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्रिपरिषद्का ११ निर्णय : विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो, जापानबाट २ अर्ब ७३ करोड अनुदान स्वीकार

बागलुङमा चितुवाको आक्रमणबाट एक जना घाइते, नियन्त्रणमा लिएर उद्धार केन्द्र पठाइँदै

सम्बन्धित

कालीमाटीमा प्याज, गोलभेँडा र भन्टाको भाउ बढ्यो, डल्ले च्याउ १ सय रुपैयाँ सस्तियो

सार्वजनिक संस्थानका कर्मचारीको तलब–भत्ता बढाउँदा अर्थ मन्त्रालयको यस्तो सर्त

पोखरा बचत सहकारीको कारोबार लयमा फर्किँदै, १५ करोडभन्दा बढी बचत फिर्ता

रामेछापमा ६१ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोप, २१ वर्षीय युवक पक्राउ

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, सुपरीवेक्षण विभागबाट केन्द्रीय बैंकको नेतृत्व तहमा

दिनमा कति कप चिया ठीक ? अत्यधिक सेवन गर्दा देखिन सक्छन् यी स्वास्थ्य समस्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu