ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्वतमा १० तोला सुनसहित युवक पक्राउ, होटल सञ्चालकको घरबाट गहना चोरी गरेको आरोप


ABC NEWS
८ भदौ २०८३, सोमबार   १ : १५   बजे

पर्वत । प्रहरीले १० तोला सुनका गहनासहित पर्वतबाट एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोदी गाउँपालिका–५ बाजुङका करिब ३० वर्षीय खड्कबहादुर कुँवर रहेका छन् । उनलाई मोदी गाउँपालिका–६, उपल्लो डिमुवाबाट चोरी भएको १० तोला सुनका गहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कुँवरले मोदी गाउँपालिका–२ पातिचौरस्थित देउराली होटलका सञ्चालक दिनेशकुमार पुनको घरबाट सुनका गहना चोरी गरेको आरोप छ ।

पुनको घरको सुत्ने कोठाबाट गहना चोरी भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको कमान्डमा ६ जनाको प्रहरी टोली परिचालन गरिएको थियो ।

टोलीले खोजी गर्ने क्रममा कुँवरलाई उपल्लो डिमुवाबाट चोरीका गहनासहित पक्राउ गरेको हो ।

पक्राउ परेका कुँवरलाई जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्रीको विश्वासको मतअघि नियुक्तिविरुद्धका दुई रिटमाथि आज सुनुवाइ

सांसदलाई प्रभावकारी बनाउन नेकपाको प्रशिक्षण, एआईदेखि गलत सूचना पहिचानसम्म

सम्बन्धित

‘सालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फर्किन्छ ?’— सांसद गच्छदार

गोदावरी घटनामा ‘हत्या’को आरोप : एमाले प्रमुख सचेतक महरले संसद्मा उठाए प्रश्न

कञ्चनपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु

भारत लैजाँदै गरेको अवस्थामा १५ किलो चरेस र अफिमसहित पाँच महिला पक्राउ

काठमाडौँबाट आएर रामेछापमा युवकमाथि आक्रमण, ८ जना पक्राउ

३ दिनमा १५ हजार ४ सय बढेको सुनको मूल्य आज पनि वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu