ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारीमा न्यूजिल्यान्ड


ABC NEWS
८ भदौ २०८३, सोमबार   ४ : २५   बजे

काठमाडौं । न्यूजिल्यान्ड सरकारले १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित नयाँ विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ। ‘अनलाइन सेफ्टी बिल’ नाम दिइएको प्रस्तावित विधेयकमार्फत सामाजिक सञ्जाल कम्पनीहरूलाई प्रयोगकर्ताको उमेर प्रमाणीकरण गर्न कडा व्यवस्था गर्ने तयारी गरिएको हो।

प्रस्तावित कानुनअनुसार इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट र फेसबुकजस्ता सामाजिक सञ्जाल प्लेटफर्मले आफ्ना प्रयोगकर्ता १६ वर्ष वा सोभन्दा माथिका भएको सुनिश्चित गर्नुपर्नेछ। उमेर प्रमाणीकरणका लागि अनुहारबाट उमेर अनुमान गर्ने प्रविधि, डिजिटल परिचयपत्रलगायतका उपाय प्रयोग गर्न सकिने बताइएको छ।

नियमको पालना नगर्ने प्रविधि कम्पनीमाथि कडा आर्थिक कारबाही गर्ने प्रस्ताव पनि विधेयकमा समेटिएको छ। कानुन उल्लंघन गर्ने कम्पनीलाई उनीहरूको विश्वव्यापी आम्दानीको १० प्रतिशतसम्म जरिवाना गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।

न्यूजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले सामाजिक सञ्जालको बढ्दो प्रयोगले बालबालिकाको मानसिक स्वास्थ्य, निद्रा र शिक्षामा नकारात्मक असर पारेको भन्दै सरकार यस्तो कानुनी व्यवस्था ल्याउन लागेको बताएका छन्।

शिक्षामन्त्री एरिका स्ट्यान्फोर्डले प्रस्तावित कानुनको उद्देश्य बालबालिका वा उनीहरूका अभिभावकलाई दण्डित गर्नु नभएको स्पष्ट पारेकी छन्। उनका अनुसार उमेर प्रमाणीकरणको जिम्मेवारी सामाजिक सञ्जाल सञ्चालन गर्ने प्रविधि कम्पनीकै हुनेछ र जरिवाना पनि कम्पनीमाथि नै लागु हुनेछ।

सत्ता साझेदार दलकै असहमति

यद्यपि, प्रस्तावित विधेयकलाई लिएर न्यूजिल्यान्डको सत्ता गठबन्धनभित्रै मतभेद देखिएको छ। सत्ता साझेदार दल एनजेड फस्र्ट र एक्ट पार्टीले विधेयकको प्रभावकारिता र कार्यान्वयनको सम्भाव्यतामाथि प्रश्न उठाएका छन्।

यसका कारण विधेयक संसद्बाट सहजै पारित हुने वा नहुने विषय अझै निश्चित भइसकेको छैन।

छिमेकी अस्ट्रेलियाले यसअघि नै १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोग नियन्त्रण गर्ने उद्देश्यले यस्तै प्रकारको कानुनी व्यवस्था लागू गरिसकेको छ। तर, प्रारम्भिक अध्ययनहरूले प्रतिबन्धपछि पनि किशोरकिशोरीको सामाजिक सञ्जाल प्रयोग अपेक्षाअनुसार उल्लेख्य रूपमा घट्न नसकेको देखाएका छन्।

न्यूजिल्यान्डको प्रस्तावित कानुन पनि पारित भएमा बालबालिकाको डिजिटल सुरक्षाका लागि विश्वव्यापी रूपमा भइरहेको नियमनको बहसमा अर्को महत्त्वपूर्ण कदमका रूपमा हेरिनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बादल र इन्दिराले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाउन निर्देशन

वाग्मतीमा मुख्यमन्त्रीको नियुक्तिविरुद्ध रिट, विश्वासको मत लिने तयारीमा विवाद

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

१८औँ नाडा अटो शोको तयारी अन्तिम चरणमा, ५५ ब्रान्डको सहभागिता

कुखुरापालक किसानका १२ बुँदे माग, बिचौलियाको एकाधिकार अन्त्यदेखि न्यूनतम समर्थन मूल्यसम्म

बादल र इन्दिराले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाउन निर्देशन

वाग्मतीमा मुख्यमन्त्रीको नियुक्तिविरुद्ध रिट, विश्वासको मत लिने तयारीमा विवाद

पुँजी बजारमा ६ खर्ब डुब्दा पनि अर्थमन्त्री बेवास्ता गरेको सांसद संग्रौलाको आरोप

कांग्रेस प्रमुख सचेतक थापा र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu