काठमाडौँ । संघीय संसद् अन्तर्गत आजको राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ।
प्रधानमन्त्रीले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको राष्ट्रिय सभा सचिवालयले जनाएको छ।
आज बिहान १०ः१५ बजेदेखि नै राष्ट्रिय सभाको बैठक सुरु भएको छ। प्रतिनिधिसभाको आज बस्ने तय भएको बैठक भने भोलि बस्नेगरी स्थगित गरिएको संसद् सचिवालयले जानकारी दिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्