ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय


ABC NEWS
१० भदौ २०८३, बुधबार   १ : २५   बजे

काठमाडौं । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाएको छ ।

आपत्कालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्त्रालयले नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब, नेपाल स्काउट, वाग्मती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौंस्थित संघीय अस्पताल र रक्तसञ्चार केन्द्रहरूसँग आवश्यक समन्वय गरिरहेको जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंका विभिन्न अस्पतालमा उपलब्ध तथा खाली रहेका शय्याको विवरण अद्यावधिक गरिएको छ । विपद्का कारण घाइते तथा बिरामीको संख्या बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै आवश्यकताअनुसार बिरामी व्यवस्थापनको तयारी गरिएको हो ।

त्यस्तै, आपत्कालीन अवस्थामा तत्काल परिचालन गर्न एम्बुलेन्स तथा आवश्यक स्वास्थ्य उपकरण र सेवाका साधनलाई स्ट्यान्डबाइमा राखिएको मन्त्रालयले जनाएको छ ।

सम्भावित विपद्का समयमा स्वास्थ्य सेवा प्रभावित हुन नदिन सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाइएको मन्त्रालयको भनाइ छ ।

हेल्पलाइन सेवा

आपत्कालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वय आवश्यक परे मन्त्रालयको हेल्पलाइन १११५ मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

मन्त्रालयले विपद्को समयमा आवश्यक पर्ने स्वास्थ्य सेवा तथा समन्वयका लागि हेल्पलाइनलाई सक्रिय राखिएको जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धारमा जुट्न ओलीको निर्देशन

बाढीको क्षतिबारे छलफल गर्न नेकपा कार्यसंयोजन समितिको आकस्मिक बैठक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Issues Flood Alert for Major River Systems

Nepal’s Community Radio Praised for Role in Social Harmony and Cultural Preservation

बाढी प्रभावित क्षेत्रमा उद्धारमा जुट्न ओलीको निर्देशन

बाढीको क्षतिबारे छलफल गर्न नेकपा कार्यसंयोजन समितिको आकस्मिक बैठक

US Escalates Iran Sanctions, Threatening Trading Partners With Penalties

Nepal PM Directs Effective Response to Bhotekoshi Flood Disaster

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu