रसुवागढी । रसुवागढी भन्सारमा कार्यरत १४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । बुधबार बिहान आएको भीषण बाढीले गर्दा उनीहरू सम्पर्कबाहिर रहेका हुन् ।
अर्थमन्त्री डा. स्वर्णीम वाग्लेको सचिवालयले जानकारी दिए अनुसार, रसुवा भन्सारमा कुल ३६ स्थायी दरबन्दी छ । तीमध्ये प्रमुख भन्सर प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना कर्मचारीसँग सम्पर्क स्थापित भएको छ ।
त्यस्तै, सचिवालयका अनुसार चारजना करार तथा ज्यालादारी कर्मचारीमध्ये एकजना मात्र सम्पर्कमा आएका छन् । बाँकी ११ जना स्थायी र ३ जना करार तथा ज्यालादारी गरी जम्मा १४ जना कर्मचारीको खोजी कार्य जारी रहेको मन्त्री वाग्लेको सचिवालयले जनाएको छ ।
बाढीले गर्दा भन्सार कार्यालय प्रभावित
भोटेकोसी नदीमा आएको बाढीले रसुवागढी भन्सार कार्यालय क्षेत्रमा क्षति पुर्याएको छ । बाढीका कारण कर्मचारीहरू सम्पर्कविहीन भएपछि उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्