रसुवा । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी बुधबार बिहान आएको बाढीपछि सम्पर्कविहीन भएका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत ११ जना स्थायी र तीन जना करार कर्मचारी सम्पर्कविहीन भएका हुन् ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित अन्य २५ जना कर्मचारी भने सम्पर्कमा आएका छन् ।
कार्यालयमा कार्यरत चार जना करार तथा ज्यालादारी कर्मचारीमध्ये एक जना मात्र सम्पर्कमा आएको बताइएको छ । बाँकी कर्मचारीको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन ।
बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले सम्पर्कविहीन कर्मचारीको अवस्थाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्