ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीले विदुरका ६ वडा प्रभावित, विद्युत् र सञ्चार सेवा विच्छेद


ABC NEWS
१० भदौ २०८३, बुधबार   २ : ४५   बजे

काठमाडौं । रसुवामा आएको भीषण बाढीले नुवाकोटको विदुर नगरपालिकामा ठूलो क्षति पुर्‍याएको छ । स्थानीय जनप्रतिनिधिका अनुसार बाढीले नगरपालिकाका ६ वटा वडा प्रभावित भएका छन् भने विद्युत् र सञ्चार सेवा पूर्ण रूपमा विच्छेद भएको छ ।

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका अनुसार बाढीले वेत्रावती, त्रिशूली बजारलगायतका बजार क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । भैँसे बजारको केही भागसमेत डुबानमा परेको उनले बताएका छन् ।

बाढीले खोला तथा नदी किनारका घर, सडक, पुललगायतका भौतिक संरचनामा व्यापक क्षति पुर्‍याएको मेयर श्रेष्ठले जानकारी दिए । उनका अनुसार जलविद्युत् केन्द्र, सिँचाइ तथा सोलार संरचनासमेत बाढीबाट प्रभावित भएका छन् ।

केन्द्रीय कारागारमा समेत बाढीले क्षति पुर्‍याएको र कैदीबन्दीलाई सुरक्षित स्थानमा सारिएको उनले बताए । देवघाट बजार क्षेत्रमा समेत बाढीले ठूलो क्षति पुर्‍याएको जनाइएको छ ।

६ वडा बाढीबाट प्रभावित

मेयर श्रेष्ठका अनुसार विदुर नगरपालिकाका वडा नम्बर १०, १, ४, ६, ५ र ३ बाढीबाट अत्यधिक प्रभावित भएका छन् ।

बाढीले सडक तथा अन्य भौतिक संरचना बगाएपछि नगरपालिकाको त्रिशूली अस्पतालसँगको सम्पर्कसमेत विच्छेद भएको उनले बताए । प्रभावित क्षेत्रमा विद्युत् र सञ्चार सेवा अवरुद्ध भएकाले उद्धार तथा राहतमा समेत कठिनाइ भइरहेको छ ।

बाढीबाट भएको भौतिक क्षति अत्यन्त ठूलो रहेकाले तत्काल क्षतिको यकिन विवरण निकाल्न कठिन भएको नगरपालिकाले जनाएको छ ।

उद्धारका लागि हेलिकप्टर परिचालन

बाढीबाट प्रभावित तथा घाइतेको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको मेयर श्रेष्ठले जानकारी दिएका छन् ।

यसैबीच, बुधबार बिहान तिब्बततर्फबाट रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा आएको बाढीले रसुवाका विभिन्न क्षेत्र हुँदै नुवाकोटका नदी किनारका बस्तीमा समेत ठूलो क्षति पुर्‍याएको छ ।

प्रभावित क्षेत्रमा सुरक्षा निकायले खोज तथा उद्धार कार्य जारी राखेका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि उद्धारमा हेलिकोप्टर र ड्रोन परिचालन गर्न आग्रह

भोटेकोसी बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढीपछि उद्धारमा हेलिकोप्टर र ड्रोन परिचालन गर्न आग्रह

भोटेकोसी बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा

रसुवा बाढीका १४ घाइते काठमाडौं ल्याइए, एकको अवस्था गम्भीर

रसुवा बाढीमा घाइते सात जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

सेनाले उद्धार गरेका १० गम्भीर घाइतेको शिक्षण अस्पतालमा उपचार

गण्डकी सरकारबाट एमाले बाहिरियो, कांग्रेस–एमाले गठबन्धन समाप्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu