ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी सरकारबाट एमाले बाहिरियो, कांग्रेस–एमाले गठबन्धन समाप्त


ABC NEWS
१० भदौ २०८३, बुधबार   ३ : २५   बजे

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले औपचारिक रूपमा बाहिरिएको छ । एमालेका चार मन्त्रीले बुधबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष सामूहिक राजीनामा बुझाएसँगै २०८१ साउनदेखि कायम कांग्रेस–एमाले सत्ता गठबन्धन औपचारिक रूपमा अन्त्य भएको हो ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपाली, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीमबहादुर कार्की, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल र स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेले मुख्यमन्त्रीसमक्ष संयुक्त रूपमा राजीनामा बुझाएका छन् ।

एमालेले मंगलबार नै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । बुधबार बसेको एमाले संसदीय दलको बैठकले उक्त निर्णय अनुमोदन गरेपछि मन्त्रीहरूले राजीनामा बुझाएका हुन् ।

नयाँ राजनीतिक समीकरणको सम्भावना

एमाले सरकारबाट बाहिरिएसँगै गण्डकी प्रदेशमा नयाँ राजनीतिक समीकरण बन्ने सम्भावना देखिएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले अब कांग्रेससहित अन्य दलसँग सहकार्य गरेर सरकार सञ्चालनलाई निरन्तरता दिने तयारी गर्न सक्ने देखिन्छ ।

एमालेले सरकारबाट बाहिरिए पनि प्रदेशसभामा आफ्नो भूमिका कायमै राख्ने जनाएको छ । सरकारमा सहभागिता अन्त्य भएपछि प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्माण र निर्णय प्रक्रियामा भने एमालेको भूमिका प्रतिपक्षीका रूपमा रहनेछ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीको सम्भावित कारण हिमपहिरो, भूकम्पले पनि भूमिका खेलेको हुनसक्ने

भोटेकोसी बाढीले त्रिशूलीका १९ पुलमा क्षति, ४० किलोमिटर सडक प्रभावित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एक्कासि आयो, सबै बगायो : भोटेकोशी बाढीको स्रोत खोज्दै नेपाल र चीन (भिडियो)

परराष्ट्रमन्त्रीले भोटेकोशी बाढीबारे सदनमा सरकारको जानकारी : भूकम्पपछि चीन सीमाबाट नेपाल पस्यो बाढी

नागरिकको ज्यान बचाउन सरकारले सम्पूर्ण सामर्थ्य लगाउनेछ : रवि लामिछाने

रसुवा बाढीमा रास्वपा सभापति फिल्डमा नजाने : ‘भीआईपी मुभमेन्टले उद्धारमा बाधा नपरोस्’

US Immigration Arrests Surge in July, Reaching Highest Monthly Total Since Trump’s Second Term

रसुवाका सांसद आचार्यको पीडा : ‘जाने बाटो छैन, क्षतिको अनुमान गर्न सक्ने अवस्था छैन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu