ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवाका सांसद आचार्यको पीडा : ‘जाने बाटो छैन, क्षतिको अनुमान गर्न सक्ने अवस्था छैन’


ABC NEWS
१० भदौ २०८३, बुधबार   ३ : ५५   बजे

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रसम्म पुग्ने सडक सम्पर्क नै विच्छेद हुँदा वास्तविक क्षतिको विवरण संकलन गर्नसमेत कठिनाइ भएको रसुवाका सांसद मोहन आचार्यले बताएका छन्।

विपद् व्यवस्थापन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद आचार्यले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङबेँसी, त्रिशूली बजार तथा नुवाकोटका विभिन्न क्षेत्रमा बाढीले अनुमानभन्दा ठूलो क्षति पुर्‍याएको बताए।

उनका अनुसार प्रभावित क्षेत्रमा जाने अधिकांश सडक अवरुद्ध भएकाले अहिले स्थलमार्गबाट पुगेर क्षतिको प्रत्यक्ष मूल्यांकन गर्न सकिने अवस्था छैन।

‘जाने बाटो छैन। सबै बन्द छ। हामी अब बाइ एयर मात्र जान सक्छौँ। चाँडोभन्दा चाँडो हामीले सक्ने जति उद्धार गर्न केन्द्रित हुनुपर्छ,’ उनले भने।

सांसद आचार्यले अहिलेको प्राथमिकता क्षतिको आर्थिक हिसाब निकाल्नु नभई सम्पर्कविहीन भएका नागरिकको खोजी, उद्धार र सुरक्षित स्थानान्तरण हुनुपर्ने बताए।

सम्पर्कविहीन परिवारका कारण बढ्दो चिन्ता

बाढीले टिमुरे र आसपासका बस्ती, व्यापारिक क्षेत्र, सडक, पुल तथा विभिन्न सार्वजनिक संरचनामा व्यापक क्षति पुर्‍याएको प्रारम्भिक विवरण आइरहेका बेला सांसद आचार्यले धेरै परिवारका सदस्यसँग सम्पर्क हुन नसक्दा आफन्तहरू अत्यन्तै चिन्तित रहेको बताए।

‘राम्रो अवस्था छैन। अहिले त्यहाँका आम नागरिक एकदमै त्रसित छन्। सोचेको भन्दा, अनुमान गरेको भन्दा पनि धेरै ठूलो क्षति भएको छ। धेरै परिवारका साथीहरू सम्पर्क नभएर परिवारजनहरू आत्तिनुभएको छ। तारन्तार फोनहरू आइरहेका छन्,’ उनले भने।

उनका अनुसार सञ्चार सेवा र सडक सम्पर्क अवरुद्ध भएकाले धेरै स्थानको वास्तविक अवस्था अझै बाहिर आउन सकेको छैन। यस कारण मानवीय क्षतिको यकिन विवरण तत्काल सार्वजनिक गर्न सकिने अवस्था नरहेको उनले बताए।

प्रारम्भिक विवरणमै ठूलो जनधनको क्षति

भोटेकोशीमा आएको भीषण बाढीले रसुवाको टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी आसपासका क्षेत्रलाई सबैभन्दा बढी प्रभावित बनाएको छ। प्रारम्भिक विवरणअनुसार बजार क्षेत्र, भन्सार यार्ड, सडक, पुल, जलविद्युत् आयोजना, प्रहरी तथा सुरक्षा निकायका संरचना र निजी सम्पत्तिमा व्यापक क्षति पुगेको छ।

बाढीको प्रभाव त्रिशूली नदी हुँदै नुवाकोट र धादिङसम्म पुगेपछि तल्लो तटीय क्षेत्रका बस्तीमा समेत उच्च सतर्कता अपनाइएको छ। बाढीका कारण नदी किनारका बस्ती खाली गराउने, सवारी आवागमन रोक्ने तथा सम्भावित जोखिमयुक्त क्षेत्रमा सुरक्षा निकाय परिचालन गर्ने काम भइरहेको छ।

यसअघि सार्वजनिक विवरणअनुसार बाढीमा परी १४ जनाको शव फेला परेको छ भने १९ जना घाइतेको उद्धार गरिएको छ। तर सांसद आचार्यले प्रभावित क्षेत्रका धेरै स्थान अझै सम्पर्कविहीन रहेकाले वास्तविक मानवीय तथा भौतिक क्षतिको आँकडा अझै बढ्न सक्ने संकेत गरेका छन्।

‘पहिले जीवन बचाऔँ, त्यसपछि क्षतिको हिसाब गरौँ’

सांसद आचार्यले अहिले सरकार, सुरक्षा निकाय र स्थानीय संयन्त्रको सम्पूर्ण ध्यान उद्धारमा केन्द्रित हुनुपर्नेमा जोड दिए। सडक सम्पर्क पुनःस्थापना हुन समय लाग्ने देखिएकाले हेलिकप्टरमार्फत उद्धार, राहत र मेडिकल सहायता पुर्‍याउनुपर्ने उनको भनाइ छ।

रसुवामा आएको यो बाढी केवल एउटा जिल्लाको विपद्मा सीमित नरही त्रिशूली नदी प्रणालीसँग जोडिएका नुवाकोट, धादिङ हुँदै चितवनसम्म जोखिम र क्षतिको अवस्था सिर्जना भएको छ। नदीको बहाव, सडक अवरोध र सञ्चार विच्छेदका कारण प्रभावित क्षेत्रको वास्तविक चित्र अझै स्पष्ट भइसकेको छैन।

‘क्षतिको अनुमान गर्न सकिने अवस्था छैन’ भन्ने सांसद आचार्यको भनाइले अहिले रसुवा विपद्को सबैभन्दा ठूलो चुनौतीलाई चित्रण गर्छ—उद्धार टोली प्रभावित क्षेत्रमा पुग्नै कठिन छ, धेरै नागरिक सम्पर्कविहीन छन् र क्षतिको वास्तविक आकार अझै खुल्न बाँकी छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा सचिवालय बैठक आज, सरकार गठन र आगामी रणनीतिबारे छलफल हुने

सामसङका नयाँ फोल्डेबल स्मार्टफोन र ग्यालेक्सी वाच नेपालमा सार्वजनिक

सम्बन्धित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

रसुवा बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको राष्ट्रिय एजेन्डा बनाउन माग

रसुवा बाढीको असर सेयरबजारमा : नेप्से ३६ अंकले घट्यो, जलविद्युत् कम्पनीका लगानीकर्ता सबैभन्दा प्रभावित

एक्कासि आयो, सबै बगायो : भोटेकोशी बाढीको स्रोत खोज्दै नेपाल र चीन (भिडियो)

परराष्ट्रमन्त्रीले भोटेकोशी बाढीबारे सदनमा सरकारको जानकारी : भूकम्पपछि चीन सीमाबाट नेपाल पस्यो बाढी

नागरिकको ज्यान बचाउन सरकारले सम्पूर्ण सामर्थ्य लगाउनेछ : रवि लामिछाने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu