ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीको सम्भावित कारण हिमपहिरो, भूकम्पले पनि भूमिका खेलेको हुनसक्ने


ABC NEWS
१० भदौ २०८३, बुधबार   ३ : ५५   बजे

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीको सम्भावित कारण हिमपहिरो भएको विपद्विज्ञ वसन्तराज अधिकारीले बताएका छन्। उनका अनुसार रसुवा बजारबाट करिब २० किलोमिटरमाथि रहेको लेन्दे खोलाको माथिल्लो क्षेत्रमा हिमपहिरो जाँदा खोला थुनिएको र पछि थुनिएको पानी एक्कासि फुट्दा ठूलो बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

विपद्विज्ञ अधिकारीले लेन्दे खोलाको माथिल्लो भागमा हिमपहिरो गएर प्राकृतिक रूपमा अस्थायी बाँध बनेको र त्यसपछि उक्त बाँध फुट्दा ठूलो परिमाणमा पानी एकैपटक तलतर्फ आएको हुनसक्ने बताए।

‘रसुवा बजारबाट २० किलोमिटरमाथि लेन्दे खोला छ, त्यहाँमाथिबाट आएको हिमपहिरोले बाढी आएको देखिन्छ। हिमपहिरो गएर खोला थुनियो र पछि फुटेर बाढी आयो,’ अधिकारीले बाह्रखरीसँग भने।

उनका अनुसार घटनास्थलको प्रत्यक्ष वा ‘ग्राउन्ड’ फोटो तथा विस्तृत प्राविधिक विवरण अझै प्राप्त भइनसकेकाले बाढीको वास्तविक कारणबारे अन्तिम निष्कर्षमा पुग्न भने बाँकी छ।

बिहान ८:३७ बजे ४.५ म्याग्निच्युडको भूकम्प

यसैबीच, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लेन्दे क्षेत्रलाई केन्द्र बनाएर बुधबार बिहान ८ बजेर ३७ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

विपद्विज्ञ अधिकारीले उक्त भूकम्प र त्यसपछि भएको सम्भावित हिमपहिरोबीच सम्बन्ध हुनसक्ने प्रारम्भिक सम्भावना पनि औँल्याएका छन्।

‘उक्त भूकम्पले पनि हिमपहिरो जान भूमिका खेलेको हुनसक्छ,’ उनले भने।

भूकम्पपछि हिम वा चट्टान खसेर खोला थुनिएको र त्यसपछि अस्थायी प्राकृतिक बाँध फुट्दा लेन्दे खोलामा अचानक ठूलो बाढी आएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, यसको वैज्ञानिक पुष्टि हुन बाँकी रहेको अधिकारीले बताएका छन्।

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदी प्रणालीमा फैलिएको बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो जनधन र भौतिक क्षति पुर्‍याएको छ। बाढीको वास्तविक उत्पत्ति र कारण पत्ता लगाउन प्राविधिक अध्ययन तथा घटनास्थलको प्रत्यक्ष अवलोकन आवश्यक रहेको सम्बन्धित विज्ञहरूले बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा सचिवालय बैठक आज, सरकार गठन र आगामी रणनीतिबारे छलफल हुने

सामसङका नयाँ फोल्डेबल स्मार्टफोन र ग्यालेक्सी वाच नेपालमा सार्वजनिक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा सचिवालय बैठक आज, सरकार गठन र आगामी रणनीतिबारे छलफल हुने

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

सामसङका नयाँ फोल्डेबल स्मार्टफोन र ग्यालेक्सी वाच नेपालमा सार्वजनिक

भोटेकोसी बाढीमा मित्रराष्ट्रबाट सहयोगको प्रतिबद्धता : परराष्ट्रमन्त्री खनाल

भूकम्पपछि हिमपहिरो झरेर भोटेकोसीमा बाढी आएको प्रारम्भिक सूचना : परराष्ट्रमन्त्री खनाल

सरकारको प्रारम्भिक निष्कर्ष : भूकम्पपछि हिमपहिरो जाँदा रसुवामा विनाशकारी बाढी आएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu