ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवामा क्षतिको यकिन विवरण आउन कठिन, नारायणी तटीय क्षेत्रमा पनि सतर्कता


ABC NEWS
१० भदौ २०८३, बुधबार   ३ : ४५   बजे

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहन आचार्यले रसुवाको टिमुरे, स्याफ्रुबेसी, मैलुङबेसी, त्रिशूली बजारलगायत क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको बताएका छन् ।

बाढीका कारण प्रभावित क्षेत्रमा जाने बाटोसमेत अवरुद्ध भएकाले घटनास्थलको वास्तविक अवस्था बुझ्न कठिन भइरहेको उनले बताए । धेरै परिवारका सदस्य तथा आफन्त सम्पर्कविहीन हुँदा स्थानीयवासी आत्तिएको उल्लेख गर्दै सांसद आचार्यले तत्काल मानवीय क्षतिको यकिन आँकडा निकाल्न सकिने अवस्था नरहेको बताए ।

उनका अनुसार रसुवासँगै नुवाकोटका विभिन्न क्षेत्रमा समेत बाढीले ठूलो क्षति पुर्‍याएको छ । प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता

यसैबीच, रसुवामा आएको बाढीको प्रभाव नारायणी नदीमा समेत पर्न सक्ने भन्दै नवलपरासी पश्चिमको सुस्तासहित नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढीका कारण नारायणी नदीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सम्बन्धित निकायलाई आवश्यक तयारी अवस्थामा रहन आग्रह गरिएको हो ।

सम्बन्धित सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीसँग नियमित सम्पर्कमा रही नदीको बहाव र बाढीको अवस्थाबारे जानकारी लिइरहेको जनाइएको छ ।

जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित रहन आग्रह

नदी तथा खोलाको बहाव बढ्न सक्ने क्षेत्रका नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न तयारी अवस्थामा रहन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।

जोखिमयुक्त क्षेत्रमा सुरक्षित स्थान पहिचान गरी आवश्यक परे तत्काल उद्धार तथा स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

मौसम तथा नदीको बहावका आधारमा रोल्पाका केही क्षेत्रमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकाले त्यहाँका तटीय तथा जोखिमयुक्त क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

नदीको बहाव बढेका बेला अनावश्यक रूपमा नदी तथा खोलाको किनारमा नजान, सुरक्षित स्थानमा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

प्रदेश सरकारले सम्भावित विपद्को जोखिम न्यूनीकरण, उद्धार तथा राहतका लागि आवश्यक समन्वय र तयारी गरिरहेको जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको प्रारम्भिक निष्कर्ष : भूकम्पपछि हिमपहिरो जाँदा रसुवामा विनाशकारी बाढी आएको आशंका

भोटेकोसी बाढीमा ९ जनाको मृत्यु, ४४ सुरक्षाकर्मी सम्पर्कविहीन

सम्बन्धित

रसुवा बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको राष्ट्रिय एजेन्डा बनाउन माग

रसुवा बाढीको असर सेयरबजारमा : नेप्से ३६ अंकले घट्यो, जलविद्युत् कम्पनीका लगानीकर्ता सबैभन्दा प्रभावित

एक्कासि आयो, सबै बगायो : भोटेकोशी बाढीको स्रोत खोज्दै नेपाल र चीन (भिडियो)

परराष्ट्रमन्त्रीले भोटेकोशी बाढीबारे सदनमा सरकारको जानकारी : भूकम्पपछि चीन सीमाबाट नेपाल पस्यो बाढी

नागरिकको ज्यान बचाउन सरकारले सम्पूर्ण सामर्थ्य लगाउनेछ : रवि लामिछाने

रसुवा बाढीमा रास्वपा सभापति फिल्डमा नजाने : ‘भीआईपी मुभमेन्टले उद्धारमा बाधा नपरोस्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu