ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीमा १४ जनाको शव फेला, १९ घाइतेको उद्धार


ABC NEWS
१० भदौ २०८३, बुधबार   ३ : ४५   बजे

काठमाडौं । रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा परी बगाएका तथा बेपत्ता भएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा खोज तथा उद्धारका क्रममा ती शव फेला परेका हुन् ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रमुख डीआईजी दीपक रेग्मीले बाढी प्रभावित विभिन्न क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको जानकारी दिए । नदीमा पानीको बहाव अझै तीव्र रहेकाले तटीय क्षेत्रमा समेत खोजीलाई प्राथमिकता दिइएको उनले बताए ।

१९ घाइतेको उद्धार

बाढीमा परी घाइते भएका १९ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएका घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको डीआईजी रेग्मीले जानकारी दिए ।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा घर तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ ।

बेपत्ताको खोजी जारी

बाढीमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि नेपाल प्रहरीसहित सुरक्षा निकायका टोली परिचालन गरिएको छ ।

नदीमा पानीको बहाव उच्च रहेकाले खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीले नदी तटीय क्षेत्रमा निरन्तर खोजी गरिरहेका छन् ।

प्रहरीले बाढीबाट भएको थप क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ । प्रभावित नागरिकलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने तयारीसमेत भइरहेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको प्रारम्भिक निष्कर्ष : भूकम्पपछि हिमपहिरो जाँदा रसुवामा विनाशकारी बाढी आएको आशंका

भोटेकोसी बाढीमा ९ जनाको मृत्यु, ४४ सुरक्षाकर्मी सम्पर्कविहीन

सम्बन्धित

रसुवा बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको राष्ट्रिय एजेन्डा बनाउन माग

रसुवा बाढीको असर सेयरबजारमा : नेप्से ३६ अंकले घट्यो, जलविद्युत् कम्पनीका लगानीकर्ता सबैभन्दा प्रभावित

एक्कासि आयो, सबै बगायो : भोटेकोशी बाढीको स्रोत खोज्दै नेपाल र चीन (भिडियो)

परराष्ट्रमन्त्रीले भोटेकोशी बाढीबारे सदनमा सरकारको जानकारी : भूकम्पपछि चीन सीमाबाट नेपाल पस्यो बाढी

नागरिकको ज्यान बचाउन सरकारले सम्पूर्ण सामर्थ्य लगाउनेछ : रवि लामिछाने

रसुवा बाढीमा रास्वपा सभापति फिल्डमा नजाने : ‘भीआईपी मुभमेन्टले उद्धारमा बाधा नपरोस्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu