ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरखाबाट गोसाइँकुण्ड गएका ३० यात्रु सवार गाडी बाढीले बगाएको सूचना : सांसद बुर्लाकोटी


ABC NEWS
१० भदौ २०८३, बुधबार   ३ : ५५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले गोरखाबाट गोसाइँकुण्ड तीर्थयात्रामा गएका ३० जना सवार गाडी बगाएको सूचना प्राप्त भएको बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकको आकस्मिक समयमा बोल्दै गोरखा निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद बुर्लाकोटीले उक्त घटनाले आफूहरू सबैलाई स्तब्ध बनाएको बताए। उनले बाढी प्रभावित क्षेत्रमा अन्य तीर्थयात्रीसमेत रहेको जानकारी आएको उल्लेख गर्दै मानवीय क्षतिको वास्तविक विवरण अझै यकिन हुन नसकेको बताए।

‘गोरखाबाट गोसाइँकुण्ड गएका ३० जना सवार बस बाढीले बगाएको सूचना आएको छ। हामी सबैको मुटु हल्लिने घटना भएको छ। कहाँसम्म कति क्षति हुने हो यकिन भइसकेको छैन,’ उनले भने।

सांसद बुर्लाकोटीले अहिलेको विपद्को घडीमा खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए। बाढीमा परेका तथा सम्पर्कविहीन नागरिक र उनीहरूका परिवारलाई राज्य एक्लै नछाड्ने विश्वास दिलाउनुपर्ने उनको भनाइ थियो।

उनले भने, विपद्मा परेका नागरिकलाई सिंगो संसद् र सरकार उनीहरूको साथमा रहेको अनुभूति दिलाउन आवश्यक छ।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा व्यापक जनधनको क्षति भएको विवरण आइरहेका छन्। सडक तथा सञ्चार सम्पर्क प्रभावित हुँदा धेरै स्थानको वास्तविक अवस्था र मानवीय क्षतिको पूर्ण विवरण अझै आउन बाँकी छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा सचिवालय बैठक आज, सरकार गठन र आगामी रणनीतिबारे छलफल हुने

सामसङका नयाँ फोल्डेबल स्मार्टफोन र ग्यालेक्सी वाच नेपालमा सार्वजनिक

सम्बन्धित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

रसुवा बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको राष्ट्रिय एजेन्डा बनाउन माग

रसुवा बाढीको असर सेयरबजारमा : नेप्से ३६ अंकले घट्यो, जलविद्युत् कम्पनीका लगानीकर्ता सबैभन्दा प्रभावित

एक्कासि आयो, सबै बगायो : भोटेकोशी बाढीको स्रोत खोज्दै नेपाल र चीन (भिडियो)

परराष्ट्रमन्त्रीले भोटेकोशी बाढीबारे सदनमा सरकारको जानकारी : भूकम्पपछि चीन सीमाबाट नेपाल पस्यो बाढी

नागरिकको ज्यान बचाउन सरकारले सम्पूर्ण सामर्थ्य लगाउनेछ : रवि लामिछाने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu