ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीमा नेपाली सेनाको व्यापक उद्धार : हेलिकोप्टरमार्फत ८८ जनालाई सुरक्षित स्थानमा सारियो


ABC NEWS
१० भदौ २०८३, बुधबार   ४ : २५   बजे

काठमाडौं । रसुवा जिल्लामा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावित ८८ जनालाई नेपाली सेनाले हवाई मार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ।

भोटेकोशी नदीमा एक्कासि आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न नदी तटीय क्षेत्रमा जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण केही बस्ती, सडक तथा सवारीसाधनसमेत प्रभावित भएका छन्।

नेपाली सेनाले उद्धार तथा खोजी कार्यका लागि आधा दर्जनभन्दा बढी हेलिकोप्टर परिचालन गरेको जनाएको छ। सडक तथा स्थलमार्गबाट तत्काल पुग्न कठिन भएका प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत उद्धार अभियान सञ्चालन गरिएको हो।

सेनाका अनुसार जोखिममा रहेका तथा तत्काल उद्धार आवश्यक भएका ८८ जनालाई हवाई मार्गबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान जारी रहेको जनाइएको छ।

बाढीको कारणबारे थप अनुसन्धान हुँदै

यसअघि सरकारले प्रारम्भिक सूचनाका आधारमा बिहान आएको भूकम्पपछि उच्च हिमाली क्षेत्रमा हिमपहिरो जाँदा बाढी आएको हुनसक्ने जनाएको छ। यद्यपि, बाढीको वास्तविक कारणबारे प्राविधिक अध्ययन र थप पुष्टि हुन बाँकी छ।

भोटेकोशी नदीमा आएको आकस्मिक बाढीको प्रभाव त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्म पुगेपछि सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ। प्रभावित क्षेत्रका नागरिकको उद्धार, बेपत्ताको खोजी तथा राहत वितरणलाई प्राथमिकता दिइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : २३ घाइते हेलिकप्टरबाट काठमाडौं ल्याइए, दुई जना भेन्टिलेटरमा

भोटेकोसी बाढी : २३ घाइते काठमाडौं ल्याइए, दुई जनाको अवस्था गम्भीर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढी : २३ घाइते हेलिकप्टरबाट काठमाडौं ल्याइए, दुई जना भेन्टिलेटरमा

भोटेकोसी बाढी : २३ घाइते काठमाडौं ल्याइए, दुई जनाको अवस्था गम्भीर

भोटेकोशीको बाढीले टिमुरे भन्सार तहसनहस, २५० सम्म मालवाहक कन्टेनर बगे; ८० जना सम्पर्क विच्छेद

Japan Seeks Dialogue with China Amidst Deepening Diplomatic Rift

Ukrainian Village Evacuated Following Deadly Explosion

केरुङमा भीषण पहिरो र आकस्मिक बाढी, सडक–सञ्चार–विद्युत् अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu