धादिङ । भोटेकोशीमा गएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा पुर्याएको क्षतिपछि उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ।
जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचना अनुसार, अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग भएर चल्ने सबै सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन बन्द गरिएको हो।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले बाढीका कारण रसुवा, नुवाकोटसहित धादिङ जिल्लाको पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुगेको जानकारी दिइन्। उनले बाढी तथा त्यसबाट उत्पन्न हुनसक्ने थप जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणको जीउज्यानको सुरक्षाका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको बताइन् ।
बाढीले गरेको क्षति
पाण्डेयका अनुसार, बाढीले पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुर्याएको छ। यसले गर्दा सडक जोखिमपूर्ण अवस्थामा रहेकाले यातायात बन्द गर्नुपरेको हो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्