ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीको विनाश : १९ पुल र ४० किलोमिटर सडक क्षतिग्रस्त, ४३१ मेगावाट विद्युत् प्रणालीबाट बाहिर


ABC NEWS
१० भदौ २०८३, बुधबार   ९ : २५   बजे

काठमाडौं । बुधबार बिहान भोटेकोसी नदीमा आएको भीषण बाढी केही घण्टापछि शान्त भए पनि त्यसले छाडेको विनाशको दृश्य भयावह देखिएको छ। हेलिकप्टरबाट हेर्दा नदीका सहायक खोला तथा खोल्सा सामान्य देखिए पनि नदी किनारका बस्ती, बजार, पुल र जलविद्युत् आयोजनाका संरचना भने बाढीले तहसनहस बनाएको देखिएको छ।

फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापतिका अनुसार बाढीअघि बस्ती र जलविद्युत् आयोजना रहेको ठाउँमा अहिले कुनै संरचना देखिँदैन। नुवाकोटको बट्टारदेखि रसुवाको स्याफ्रुबेँसी, टिमुरे हुँदै नेपाल–चीन सीमासम्म पुग्दा बाढीले पुर्‍याएको क्षतिको भयावह अवस्था देखिएको उनले बताए।

भोटेकोसी किनारका सयौँ मानिस बेपत्ता भएको तथा दर्जनौँ बस्ती उजाडिएको बताइएको छ। बाढीले दशकौँ लगाएर निर्माण गरिएका विकास पूर्वाधारसमेत तहसनहस बनाएको छ।

दुई खर्ब हाराहारीको भौतिक क्षति

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भोटेकोसी बाढीबाट करिब दुई खर्ब रुपैयाँ हाराहारीको भौतिक क्षति भएको प्रारम्भिक जानकारी दिएका छन्।

बाढीले कतै नदीमाथिका पुलको नामोनिसान मेटाएको छ भने कतै सडक नै नदीमा मिसिएका छन्। बलिया पक्की घरसमेत गेग्रानमा आधाभन्दा बढी पुरिएका छन्।

कुनै समय मानिसको चहलपहलले भरिने रसुवाको टिमुरे बजार अहिले ढुंगा, माटो र गेग्रानको थुप्रोमा परिणत भएको छ। नुवाकोटको विदुर, त्रिशूली र बेत्रावती हुँदै रसुवाको स्याफ्रुबेँसी, टिमुरे तथा नेपाल–चीन सीमा नाकासम्म बाढीले ठूलो क्षति पुर्‍याएको छ।

प्रारम्भिक विवरणअनुसार १९ वटा मोटरेबल पुल र करिब ४० किलोमिटर पक्की सडक बाढीबाट क्षतिग्रस्त भएका छन्।

नेपाल–चीन सीमा नाकाका संरचना ध्वस्त

नेपाल–चीन सीमा नाकामा रहेका संरचनासमेत बाढीबाट जोगिन सकेनन्। नेपालतर्फको भन्सार कार्यालय तथा यार्ड र चीनतर्फका ठूला संरचनासमेत बाढीले बगाएको बताइएको छ।

यसअघि २०८२ असारमा बाढीले बगाएको मितेरी पुल पुनः बाढीको चपेटामा परेको छ। गत पुसमा मात्रै सञ्चालनमा ल्याइएको बेलिब्रिजसमेत बाढीले बगाएको छ।

जलविद्युत् आयोजनामा ठूलो क्षति

बाढीले नुवाकोट र रसुवाका जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ। त्रिशूली बजार नजिक रहेको त्रिशूली जलविद्युत् आयोजनाको ड्यामबाहेक अन्य संरचना बाढीले क्षतिग्रस्त बनाएको देखिएको छ।

नुवाकोट र रसुवामा निर्माण सम्पन्न तथा निर्माणाधीन अन्य जलविद्युत् आयोजनाका संरचनासमेत बाढीले बगाएको वा गेग्रानले पुरेको छ। सबस्टेसन तथा नदी किनारमा रहेका विद्युत् पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ।

नुवाकोटमा सरकारी लगानीमा सञ्चालित २५ मेगावाट क्षमताको सोलार आयोजनाका केही प्यानल मात्र बाँकी छन् भने अधिकांश संरचना बाढीले बगाएको छ।

बाढीले नदी बेसिनमा नेपाल विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी तथा निजी प्रवर्द्धकबाट सञ्चालित १२ वटा उत्पादन केन्द्रमा क्षति पुर्‍याएको छ। ती आयोजनाबाट उत्पादन हुने कुल ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको बताइएको छ।

रसुवागढी, सालासुंगी (सान्जेन), माथिल्लो सान्जेन, सान्जेन, चिलिमेलगायतका जलविद्युत् परियोजनामा बाढीले क्षति पुर्‍याएको छ। लाङटाङ, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो मैलुङ, मैलुङ, त्रिशूली तथा देवीघाट जलविद्युत् केन्द्रसमेत प्रभावित भएका छन्।

विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि रसुवामा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ भने नुवाकोटमा आंशिक रूपमा विद्युत् अवरुद्ध भएको छ। विभिन्न स्थानमा ११ केभीका विद्युत् पोल तथा ट्रान्सफर्मरसमेत क्षतिग्रस्त भएका छन्।

प्रसारण लाइन र सबस्टेसनमा पनि क्षति

बाढीले नदी आसपासका प्रसारण लाइन तथा सबस्टेसनमा समेत गम्भीर क्षति पुर्‍याएको छ।

त्रिशूलीस्थित २२० केभी त्रिशूली–३ बी हब सबस्टेसन पूर्णरूपमा क्षतिग्रस्त भएको छ। चिलिमे २२० केभी हबका टावरमा क्षति पुगेपछि उक्त हबसमेत बन्द गरिएको छ।

त्यस्तै, समुन्द्रटार–त्रिशूली १३२ केभी, चिलिमे–त्रिशूली ६६ केभी, चिलिमे हब–त्रिशूली–३ बी हब–मातातीर्थ २२० केभी तथा त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइन बाढीका कारण अवरुद्ध भएका छन्।

भोटेकोसी बाढीले मानवीय क्षतिसँगै सडक, पुल, सीमा नाका, जलविद्युत्, प्रसारण तथा सञ्चार पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रको जनजीवन अझै सामान्य बन्न सकेको छैन।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

बालेनलाई मोदीको फोन, उद्धार र राहतमा सघाउने प्रतिबद्धता

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

टिमुरेको बाढीले ९ बैंकका शाखामा क्षति, केही कर्मचारी अझै सम्पर्कविहीन

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, भोटेकोशी बाढीबारे छलफल हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu