काठमाडौं, ५ वैशाख । नेपाल भारत र बंगलादेशबिच सिधा यात्रु बस आवागमनको परीक्षण संचालन यहि वैशाख १० देखि १३ गतेसम्म हुने भएको छ । बिबिआइएन मोटर भेइकल सम्झौता अनुरुप सो परिक्षण गर्न लागिएको हो ।
सो परीक्षण सञ्चालनका लागि नेपालका अधिकारीहरु वैशाख ९ गते बंगलादेशको ढाका जाने भएका छन् । उनीहरु वैशाख १० गते ढाकाबाट परिक्षण रुटको बाटो हुदैँ भारतभएर नेपाल प्रवेश गर्ने मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख टेकबहादुर अर्यालले जानकारी दिए।
परीक्षण सञ्चालनको रुट ढाका-बंगलाबन्द, फुलबारी-पानीटेंकी, काँकरभिट्टा- काठमाडौं हुने अर्यालले बताए। परीक्षण सञ्चालनमा दुईवटा यात्रु बस हुने बताइएको छ।
नेपाल,बंगलादेश,भारत र भुटानबिच सीधा यात्रु बस आवागमनका लागि सन् २०१५ को जुन १५ तारिक सम्झौता भएको थियो। भुटानबाहेक सबै देशका संसदले उक्त सम्झौता अनुमोदन गरिसकेका छन्। भुटानले भने त्यस विषयमा चासो देखाएको छैन।
प्रतिक्रिया दिनुहोस्