काठमाडौं । रसुवामा आएको बाढीका कारण टिमुरे र मैलुङ क्षेत्रमा अलपत्र परेका २० विदेशी नागरिकसहित १२५ जनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
नेपाली सेनाका प्रवक्ताका अनुसार आज बिहान १०ः३० बजेसम्म हेलिकप्टरमार्फत उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये ६४ जना घाइते रहेका छन्।
घाइतेहरूलाई त्रिशूलीस्थित नेपाली सेनाको विशेषज्ञ चिकित्सकसहितको आपत्कालीन उपचार केन्द्रमा तत्काल स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले जनाएको छ। गम्भीर अवस्थाका घाइतेलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।
सेनाले प्रभावित क्षेत्रमा जमिन तथा हवाई माध्यमबाट खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरण कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।
उद्धार गरिएका विदेशी नागरिकहरूको पहिचान तथा उनीहरू कुन देशका नागरिक हुन् भन्ने विवरण भने सेनाले सार्वजनिक गरेको छैन।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्