ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा बाढीपीडितका शव व्यवस्थापन चुनौतीपूर्ण, अस्थायी कोल्ड स्टोर सञ्चालनको तयारी


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ११ : ४५   बजे

चितवन । रसुवा जिल्लालगायत आसपासका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोमा बेपत्ता भएका व्यक्तिका शव नारायणी नदी हुँदै चितवनसम्म आइपुग्न थालेपछि शव व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। नदी किनारमा लगातार शव फेला पर्न थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले थप शव सुरक्षित राख्न अस्थायी कोल्ड स्टोर सञ्चालन गर्ने तयारी थालेको छ।

हाल चितवनमा करिब ५० वटा शव राख्न सकिने क्षमता रहेको भए पनि पछिल्लो समय नारायणी नदी किनारका विभिन्न स्थानमा एकैपटक चारदेखि पाँच वटासम्म शव फेला पर्न थालेपछि उपलब्ध स्थान अपर्याप्त हुन सक्ने देखिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।

प्रशासनले शवको संख्या थपिँदै गएमा व्यवस्थापनमा समस्या नहोस् भन्ने उद्देश्यले प्रयोगविहीन सरकारी भवनलाई अस्थायी कोल्ड स्टोरका रूपमा प्रयोग गर्ने योजना अघि बढाएको छ। तत्कालीन कृषि सामग्री केन्द्रको भवनमा आवश्यक तापक्रम कायम गरी शव सुरक्षित राख्ने व्यवस्था मिलाउन प्राविधिक तयारी भइरहेको जनाइएको छ।

नदी किनारमा सुरक्षा टोलीको खोजी अभियान

नारायणी नदी किनारमा तैरिएर आएका शवको खोजी, उद्धार तथा व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र भरतपुर महानगरपालिकाको नगर प्रहरी परिचालन गरिएको छ।

सुरक्षाकर्मीका अनुसार बिहीबार बिहानदेखि नारायणी नदीमा विभिन्न स्थानमा शव तैरिरहेको अवस्थामा देखिन थालेका हुन्। रसुवा तथा आसपासका बाढी प्रभावित क्षेत्रबाट बेपत्ता भएका व्यक्तिका शव नदीको तीव्र बहावसँगै तल्लो तटीय क्षेत्र हुँदै चितवनसम्म आइपुगेको अनुमान गरिएको छ।

पहिचान र हस्तान्तरणको प्रक्रिया अघि बढाइने

फेला परेका शवलाई सुरक्षित रूपमा संकलन गरी पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइने प्रशासनले जनाएको छ। शवको पहिचान भएपछि सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाइनेछ।

बाढी प्रभावित क्षेत्रमा अझै खोजी तथा उद्धार कार्य जारी रहेकाले आगामी दिनमा थप शव फेला पर्ने सम्भावनालाई समेत ध्यानमा राख्दै चितवन प्रशासनले वैकल्पिक शव व्यवस्थापन स्थलको तयारी तीव्र पारेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

नाडा अटो शोमा नामी बक्स ई२ को बिक्री सुरु, मूल्य २९.९९ लाखदेखि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन हुने

नाडा अटो शोमा नामी बक्स ई२ को बिक्री सुरु, मूल्य २९.९९ लाखदेखि

माथिल्लो त्रिशूली–३ ‘ए’ का ४६ कर्मचारी सम्पर्कविहीन

बाढी प्रभावित क्षेत्रका कर्मचारीलाई कार्यस्थल नछोड्न मन्त्रालयको निर्देशन

विपद्मा सबै दल एकजुट भएर जुटौँ : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu