काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सात जना कर्मचारी सम्पर्कविहीन भएका छन्। बैंकले स्याफ्रुबेशी, टिमुरे र मैलुङ शाखामा कार्यरत कर्मचारीहरू बाढीपछि सम्पर्कविहीन भएको जनाएको छ।
बैंकका अनुसार स्याफ्रुबेशी शाखामा कार्यरत पाँच जना कर्मचारीसँग हालसम्म सम्पर्क हुन सकेको छैन। सम्पर्कविहीन हुनेमा शिवप्रसाद लम्साल, जितमान घले, पेम्वा दावा लोपेचान, पासाङ याजेन तामाङ र भीमबहादुर खड्का रहेका छन्।
त्यस्तै, टिमुरे शाखामा कार्यरत डोल्मा लामा र मैलुङ एक्स्टेन्सन काउन्टरमा कार्यरत मुकेश खड्का पनि बाढीपछि सम्पर्कविहीन रहेको बैंकले जनाएको छ।
बैंकले सम्पर्कविहीन कर्मचारीमध्ये कसैको अवस्थाबारे जानकारी भए तत्काल बैंकलाई खबर गर्न आग्रह गरेको छ।
जानकारी दिन आग्रह
बैंकका अनुसार बेपत्ता कर्मचारीलाई कसैले देखे, भेटे वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेमा तत्काल सम्बन्धित शाखा वा बैंकमा जानकारी गराउन अनुरोध गरिएको छ।
बाढीका कारण कर्मचारीहरू सम्पर्कविहीन भएपछि बैंकले उनीहरूको अवस्थाबारे चिन्ता व्यक्त गर्दै खोजी तथा उद्धार कार्यमा सहयोग गर्न सबैसँग आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्