खलङ्गा , ५ वैशाख । वन तथा वातावरण मन्त्रि शक्ति वहादुर वस्नेतले अवको शिक्षा वेरोजगार जनशक्ति उत्पादन गर्ने नभई व्यावशायिक र रोगारमूलक हुने वताउनुभएको छ ।
‘हामी सवैको इच्छा, अनिवार्य निःशुल्क आधारभुत शिक्षा’ भन्ने नाराका साथ सञ्चालन भएको विद्यालय भर्ना अभियान २०७५ को आज गृहजिल्ला जाजरकोटको भेरी नगरपालिका १ स्थीत श्री शीव मा।वि। कालेगाउँमा आयोजना गरीएको डाइनामीक एकडेमीक सफ्टवयर मा २ जना अनाथ वालवालकिाहरुलाई भर्ना गर्दै उक्त कुरा वताउनुभएको हो ।
आजै मन्त्रि वस्नेतले शीव मा।वि कालेगाउँमा भर्खरै जडान गरीएको सीसी क्यामेराको उद्घाटन समेत गर्नुभएको छ । मन्त्रि वस्नेतले विद्यालयमा रहेको पुस्तकालय, कम्प्युटर ल्याव, र विज्ञान प्रयोग शालाको समेत अवलोकण गर्नुभएको छ ।
भेरी नगरपालिका– १ रावतगाउँ को ५ वर्षीय प्रमोद रावत लाई कक्षा १मा र सोही स्थानकी १२ वर्षीया शर्मीला वि।क। लाई कक्षा ७ मा आफ्नो संरक्षकत्वमा भर्ना गर्नु हुदै उनिहरुलाई उच्च शिक्षा सम्मको अध्ययन आफैले गराउने घोषणा समेत गर्नुभएको छ ।
एक अर्को प्रशंगमा मन्त्रि वस्नेतले राजनैतिक व्यवस्था परीवर्तन सँगै जनताको अवस्था परीवर्तन को अनुभुती जनतालाई दीलाउन सकेनौं भने भोली जनताले व्यवस्था प्रति नै वितृष्णा उत्पन्ना हुने े खतरा समेत रहेको औंल्याउनु भयो । नेपालको ४५ प्रतिशत भुभाग वन क्षेत्रले ओगटेका ेछ तर हामीले हाम्रो देशका लागी आवस्यक पर्ने ६० प्रतिशत काठ वीदेशवाट आयात गनुपर्ने वाध्यता दुःखद रहेको वताउनु भयो ।
अव मन्त्रालयमा रहेका परम्परागत निति नियमलाई समय सापेक्ष रुपमा परिवर्तन गरी संरक्षण र उपयोगमुखी वनाउने वताउनु भयो । अव सरकारले आफ्नो देशको लागी आवस्यक पर्ने काठको पूर्ती स्वदेसवाटै गरी विदेश समेत निर्यात गराउने र सो कार्यले लाखौं युवाहरुलाई स्वदेसमै रोजगारीको अवसर समेत प्रदान गराउने योजना सरकारले राखेको वताउनुभयो ।
जाजरकोट जिल्लामा रहेका वहुमुल्य काइनाइट पत्थर,शीसा,तामा ,फलाम खानी रहेकाले अव त्सको अन्वेसन गराई जिल्लालाई समृद्धतर्फ लीने आफ्नो योजना रहेको वताउनुभयो ।
जिल्ला शिक्षा अधिकारी ललित विक्रम स्ंिहको समेत उपस्थीती रहेको उक्त कार्यक्रममा विद्यालयको अवस्थाको वारेमा प्र।अ। तिलक वहादुर खत्री ले अवगत गराउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्