काठमाडौं । भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी मृत्यु भएका ३५९ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट ३५९ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार चितवनमा सबैभन्दा धेरै १३२ जनाको शव फेला परेको छ। यस्तै, धादिङमा ३३, गोरखामा ३०, तनहुँमा २२, रसुवामा १७, नवलपरासी पश्चिममा १५, नवलपरासी पूर्वमा दुई र नुवाकोटमा दुई जनाको शव भेटिएको छ।
बाढीपछि २८ जना प्रहरी कर्मचारीसमेत सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ। उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ।
विपद्मा परेकाहरूको खोज तथा उद्धारका लागि नेपाल प्रहरीका ४ हजार ३४८ जना कर्मचारी परिचालन गरिएको छ।
६३ घाइतेको उपचार जारी
भोटेकोसी बाढीमा परी घाइते भएका ६३ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उद्धार, खोजी तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सुरक्षा निकायले प्रभावित क्षेत्रमा निरन्तर जनशक्ति परिचालन गरिरहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्