बुटवल, ५ बैशाख ।
अंग्रेज सेनालाई पराजित गर्दै नेपाली सेनाले बिजय प्राप्त गरेको २०३ वर्ष पुग्दा बुटवलको जिगढी किल्लामा औपचारीक बिजय उत्सव मनाउन थालिएको छ ।
बुटवल उप महानगरपालिकाले बिजय प्राप्त गरेको बैशाख ७ गतेलाई औपचारीक मान्यता दिंदै यस वर्ष देखि नियमीत बिजय उत्सव दिवस मनाउन थालेको हो । उपमहानगरले आज पत्रकार सम्मेलन गदै बिजय उत्सवलाई सप्ताहब्यापी रुपमा मनाउन थालिएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै बुटवल उप महानगरपालिकाका प्रमुख शिवराज सुबेदीले जितगढीको बिजयले नेपालीको शान बढाएको बताउनुभयो ।
साप्ताहाब्यापि कार्यक्रम अन्तर्गत बिहिबार गोष्ठिको आयोजना गरिएको छ भने शुक्रबार ७ गते बिशेष समारोहका साथ बिजय उत्सब मनाउने कार्यक्रम रहेका छ । शुक्रबार बिहान उपमहानगर परिशरबाट बाजागाजा, झाकि सहित शोभा यात्रा र तत्कालिन बिर गोर्खालि सेनाको सम्मानका लागि तोप सहित सलामि दिने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारि गराइयो । ७ गते साझ नै घर घरमा दिपावली गर्न पनि उप महानगरपालिकाले आग्रह गरेको छ ।
बिक्रम सम्बत १८७१ पुसमा अंग्रेज सेनाले बुटवल र नुकाकोट दरबारमा रहेको नेपाली सेनामाथि आक्रमण गरेकोमा १८७२ बैशाख ७ गते नेपाली सेनासंग पराजित भै गोरखपुर तर्फ फिर्ता भएको थियो ।
उपमहानगरले नेपाली सेनाको सलामी सहित बिशेष समारोह गरि बिजय उत्सव दिवस मनाउने कार्यक्रम तय गरेको छ । कार्यक्रमको एबिसी न्युजले बैशाख ७ गते प्रत्येक्ष प्रशारण गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्