ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्धार तथा राहतमा सरकारसँग सहकार्य गर्ने अग्रगामी मोर्चाको निर्णय


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ८ : ३५   बजे

काठमाडौँ । अग्रगामी मोर्चाले सरकारसँग समन्वय गरी भोटेकोसी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहकार्य गर्ने निर्णय गरेको छ।

मोर्चाको आज बसेको बैठकले उद्धारका लागि अग्रगामी युवा मोर्चाको नेतृत्वमा आवश्यक जनशक्ति परिचालन गर्ने निर्णय गरेको प्रवक्ता डा. सिके राउतले जानकारी दिए।

बैठकले राहत सामग्री तथा आर्थिक सहयोग संकलन गरी एकमुष्ट रूपमा सरकारलाई हस्तान्तरण गर्ने निर्णयसमेत गरेको छ।

घाइतेहरूको उपचारका लागि आवश्यक जनशक्ति तथा उपचार सामग्री व्यवस्थापन गर्न डम्मर रावलको नेतृत्वमा ‘घाइते उपचारार्थ सहयोग समूह’ गठन गर्ने निर्णय भएको राउतले बताए। समूहमा मोर्चामा आबद्ध सबै दलबाट एक–एक जना सदस्य रहनेछन्।

पुनर्निर्माणमा पनि सहकार्य

मोर्चाले रसुवालगायत बाढीबाट प्रभावित क्षेत्रमा भौतिक संरचनाको पुनर्निर्माण तथा पीडितको पुनर्स्थापनाका लागि सरकारसँग सहकार्य गर्ने जनाएको छ।

पुनर्निर्माण तथा पुनर्स्थापनाका काममा आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि मोर्चाले जनाएको छ।

आर्थिक सहयोग जुटाउने

मोर्चाले विपद् प्रभावितका लागि आर्थिक सहयोग जुटाउन अभियान सञ्चालन गर्ने भएको छ। सदस्य तथा शुभचिन्तकबाट सहयोग संकलन गरी सरकारलाई हस्तान्तरण गर्ने र राहत वितरणमा सहजीकरण गर्ने योजना रहेको प्रवक्ता राउतले बताए।

संकलित रकम बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र उपचारमा खर्च गरिने मोर्चाले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी : बैंकका १५ कर्मचारी सम्पर्कविहीन, थप चार जनासँग सम्पर्क स्थापित

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रमा ठूलो क्षति, नौ शाखा प्रभावित र २४ कर्मचारी सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सप्तकोसीको कटान तीव्र, बराहक्षेत्र र बेलकाका बस्ती जोखिममा

भोटेकोशी बाढी : बैंकका १५ कर्मचारी सम्पर्कविहीन, थप चार जनासँग सम्पर्क स्थापित

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रमा ठूलो क्षति, नौ शाखा प्रभावित र २४ कर्मचारी सम्पर्कविहीन

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

भोटेकोशी बाढी : बागलुङका १० जना बेपत्ता, अधिकांश जलविद्युत् आयोजनामा कार्यरत

Israeli Settler Violence Targets Palestinian Factories in West Bank

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu