बागलुङ । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि बडिगाड गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले ५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन्।
गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीका अनुसार जनप्रतिनिधि तथा कर्मचारीको तीन दिनको तलबभत्ता प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिनेछ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको हो।
गाउँपालिकाले विपद्को यस कठिन घडीमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने जनाएको छ।
अध्यक्ष थापा अधिकारीले सबै मिलेर सहयोग गर्दा विपद्मा परेका नागरिकको पीडा कम गर्न सकिने बताइन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्