ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढी : प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किए प्रधानमन्त्री शाह


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ८ : ४५   बजे

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किनुभएको छ।

प्रधानमन्त्री शाह बिहान ९ः३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्ग हुँदै नुवाकोट पुग्नुभएको थियो। उहाँले बाढी प्रभावित बस्ती तथा क्षेत्रमा पुगेर भौतिक क्षति र स्थानीय अवस्थाको अवलोकन गर्नुभएको हो।

प्रधानमन्त्री शाहको टोलीले बाढीबाट भएको क्षतिको निरीक्षण गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा छलफल गरेको थियो।

निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य अत्यावश्यक पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनःस्थापनाको काम अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ।

बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नदी तटीय क्षेत्रका बस्ती, सडक, पुल, विद्युत् तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। बाढीपछि प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय बैठकमार्फत सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिँदै आउनुभएको छ।

स्थानीयवासीसँग भेटघाट

प्रधानमन्त्री शाहले विदुर नगरपालिका तथा आसपासका प्रभावित क्षेत्रमा स्थानीयवासीसँग भेटघाट गरी उनीहरूको अवस्था र समस्याबारे जानकारी लिनुभएको थियो।

उहाँले तत्काल आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ। साथै, सुरक्षाकर्मी तथा स्थानीय प्रशासनसँग छलफल गर्दै खोजी, उद्धार र राहत वितरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी : बैंकका १५ कर्मचारी सम्पर्कविहीन, थप चार जनासँग सम्पर्क स्थापित

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रमा ठूलो क्षति, नौ शाखा प्रभावित र २४ कर्मचारी सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सप्तकोसीको कटान तीव्र, बराहक्षेत्र र बेलकाका बस्ती जोखिममा

भोटेकोशी बाढी : बैंकका १५ कर्मचारी सम्पर्कविहीन, थप चार जनासँग सम्पर्क स्थापित

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रमा ठूलो क्षति, नौ शाखा प्रभावित र २४ कर्मचारी सम्पर्कविहीन

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

भोटेकोशी बाढी : बागलुङका १० जना बेपत्ता, अधिकांश जलविद्युत् आयोजनामा कार्यरत

Israeli Settler Violence Targets Palestinian Factories in West Bank

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu