धनकुटा, ५ वैशाख । धनकुटा नगरपालिका ९ मुलघाट नजिक ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । मृत्यु हुनेमा धनकुटा नगरपालिका–९ माहाङका २६ वर्षिय सरोज भण्डारी रहेका छन् ।
उनको टन् भने् मुलघाटबाट धनकुटा तर्फ आउँदै गरेको को.२ त. ३११५ नम्बरको ट्याक्टर ब्रेक फेल भई अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटा नगरपालिका–९ माहाङका २६ वर्षिय सरोज भण्डारीको जिल्ला अस्पताल धनकुटा ल्याइ पुर्याएपछि ज्यान गएको मुलघाट प्रहरी चौकीका हवल्दार कुमार कार्कीले जानकारी दिए। घाइते पवन भण्डारीको जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान धरान पठाइएको छ। ट्याक्टर चालक धनकुटा–९ का गोविन्द भण्डारी भने फरार रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्