धादिङ । रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण धादिङस्थित त्रिशूली नदीमा जलसतह बढेको छ।
बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनाअनुसार गल्छीस्थित त्रिशूली नदी बाढीमापन केन्द्रमा जलसतह ३ मिटर बढेको हो।
महाशाखाका अनुसार गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएको छ। भोटेकोसी क्षेत्रमा आएको बाढी र भारी वर्षाका कारण नारायणी नदी तथा यसका सहायक नदीमा समेत जलसतह बढ्न सक्ने अनुमान गरिएको छ।
महाशाखाले नदी तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
नदीमा जलसतह बढ्दै गएकाले तटीय क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान तथा सम्भावित जोखिमबाट सुरक्षित रहन महाशाखाले अनुरोध गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्