ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिचान नखुलेका शवको वैज्ञानिक अभिलेखीकरणसहित सुरक्षित व्यवस्थापन गर्दै प्रहरी


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ८ : ३५   बजे

काठमाडौँ, । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवको भविष्यमा आफन्तले सनाखत गर्न सक्ने गरी नेपाल प्रहरीले वैज्ञानिक अभिलेखीकरणसहित सुरक्षित व्यवस्थापनको प्रक्रिया अघि बढाएको छ ।

बाढीले बगाएर नदी किनार, खोल्सा तथा विभिन्न स्थानमा पुर्‍याएका शव तथा शरीरका अङ्ग सङ्कलन गरी कानुनी प्रक्रिया पूरा गर्ने, फरेन्सिक प्रमाण सुरक्षित राख्ने र स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अन्तिम व्यवस्थापन गर्ने प्रक्रिया एकीकृत रूपमा अघि बढाइएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले हालसम्म रसुवाबाट १३, नुवाकोटबाट ४१, धादिङबाट ४९, चितवनबाट २४८, गोरखाबाट ५४, तनहुँबाट ३१, पूर्वी नवलपरासीबाट १५८ र पश्चिम नवलपरासीबाट ७५ गरी ६६९ शव फेला परेको जानकारी दिए ।

लामो समयसम्म पहिचान हुन नसकेका शवलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जमिनमुनि व्यवस्थापन गर्ने प्रक्रिया अपनाइएको काफ्लेले बताए ।

शव व्यवस्थापन गर्दा भविष्यमा आफन्तले सनाखत गर्न सक्ने गरी प्रत्येक शवको वैज्ञानिक प्रमाण सुरक्षित राखिने उनले बताए ।

“शवको व्यवस्थापन गर्दा तत्काल हटाउने वा अन्तिम संस्कार गर्ने मात्र नभई भविष्यमा आफन्तले सनाखत गर्न सक्ने गरी प्रत्येक शवको वैज्ञानिक प्रमाण सुरक्षित राख्छौँ,” उनले भने ।

उद्धारका क्रममा शव वा शरीरका अङ्ग फेला परेपछि घटनास्थलमै लासजाँच मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ । त्यसपछि फरेन्सिक चिकित्सकबाट परीक्षण गरी शव सफा गर्ने, अनुहार तथा शरीरको अगाडि, पछाडि, दायाँ र बायाँलगायत विभिन्न कोणबाट तस्बिर लिने तथा शरीरमा रहेका पहिचानजन्य चिह्न र विशेषताहरूको अभिलेख राखिनेछ ।

पहिचान नखुलेका प्रत्येक शवलाई छुट्टाछुट्टै सङ्केत वा कोड नम्बर प्रदान गरी क्रमबद्ध रूपमा सुरक्षित व्यवस्थापन गरिने प्रहरीले जनाएको छ । भविष्यमा आफन्तले शव दाबी गरेमा वैज्ञानिक परीक्षणबाट पहिचान गरी अन्तिम संस्कारका लागि परिवारलाई बुझाउन सकिने व्यवस्था मिलाइएको छ ।

यसरी सुरक्षित राखिएको अभिलेखले विपद्मा आफन्त गुमाएका परिवारलाई भविष्यमा आफ्ना सदस्यको खोजी तथा पहिचान गर्न महत्वपूर्ण आधार उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

पहिचान नखुलेका शवको विवरण सर्वसाधारणको पहुँचमा पुर्‍याउन नेपाल प्रहरीले आफ्नो आधिकारिक वेबसाइटमा ‘पहिचान नखुलेको शवहरूको विवरण’ शीर्षकमा छुट्टै व्यवस्था गरेको जनाएको छ । वेबसाइटमा राखिएका तस्बिर, हुलिया तथा अन्य विवरण हेरेर आफन्तले सम्भावित रूपमा शव पहिचान गर्न सक्नेछन् ।

शव पहिचान भएको जानकारी प्राप्त भएमा प्रहरीको हेल्प डेस्कमार्फत आवश्यक कानुनी प्रक्रिया अघि बढाई परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा पुनः बाढी आएपछि धुञ्चेसम्म त्रास, स्थानीय सुरक्षित स्थानमा गए

भोटेकोसीमा आएको बाढीले आधा घण्टामै त्रिशूलीको जलसतह ३ मिटर बढ्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पोखरामा पहिचान हुन नसकेका शवको वैकल्पिक व्यवस्थापन गरिँदै

भोटेकोसीमा पुनः बाढी आएपछि धुञ्चेसम्म त्रास, स्थानीय सुरक्षित स्थानमा गए

भोटेकोसीमा आएको बाढीले आधा घण्टामै त्रिशूलीको जलसतह ३ मिटर बढ्यो

भोटेकोशीमा पुनः बाढी, धुन्चेवासी सुरक्षित स्थानमा सरे

भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक खड्काप्रति श्रद्धाञ्जली

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu