ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी उद्धारमा चार ठूला चुनौती, १९ हजार सुरक्षाकर्मी परिचालन


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ७ : २५   बजे

काठमाडौं, १४ भदौ । भोटेकोसी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीनवटै सुरक्षा निकायले तीव्रता दिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका करिब १९ हजार सुरक्षाकर्मी उद्धार तथा खोजी कार्यमा खटिएका छन्।

तर, उद्धार कार्यमा सडक सञ्जालको अभाव, भोटेकोसीको बहाव पुनः बढ्न सक्ने जोखिम, आवश्यक प्रविधिको कमी र शव व्यवस्थापन मुख्य चुनौती बनेका छन्।

हाइड्रो सुरुङमा फसेकाको उद्धार अझै चुनौतीपूर्ण

शनिबारदेखि नेपाली सेनासहित भारत र चीनबाट आएका विज्ञ टोली माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका श्रमिकको उद्धारमा सक्रिय छन्।

नेपाली सेनाको टोलीले आयोजनानजिकै अस्थायी क्याम्प बनाएर उद्धार कार्य अघि बढाइरहेको छ। आइतबार थप ९३ जनाको टोली परिचालन गरी ड्रिलिङ मेसिन, स्काभेटर र हाइड्रोलिक कटरलगायत उपकरण प्रयोग भइरहेको छ। तर, सुरुङको प्रवेशद्वार अझै यकिन हुन सकेको छैन।

नेपाली सेनाका अनुसार सेनाका मात्रै ८ हजार ४ सय जनशक्ति उद्धारमा पूर्ण रूपमा परिचालन भएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसमेत गरी १९ हजार सुरक्षाकर्मी उद्धार तथा खोजीमा सक्रिय छन्।

मृतक ७५२, बेपत्ता ४ हजार ४८७

बाढीका कारण मृत्यु हुने र बेपत्ता हुनेको संख्या बढिरहेको छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार बाढीमा परी ७५२ जनाको मृत्यु भएको छ भने ४ हजार ४८७ जना बेपत्ता छन्।

बेपत्तामध्ये ७८८ जना विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ। मृतकमध्ये पहिचान भएका २९ जनाको शव परिवारलाई बुझाइसकिएको डीआईजी काफ्लेले जानकारी दिए।

गत बुधबार, भदौ १० गते बिहान तिब्बतबाट बग्ने लेन्दे अर्थात् भोटेकोसी हिमनदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म ठूलो क्षति पुर्‍याएको थियो।

बाढीले रसुवाको टिमुरे र स्याफ्रुबेँसी तथा नुवाकोटको बेत्रावती, त्रिशूली बजार र देविघाटलगायत क्षेत्र प्रभावित भएका छन्।

उद्धारका मुख्य चार चुनौती

बाढीपछि सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुका साथै नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरसमेत उद्धारमा प्रयोग गरेको छ। तर, भौगोलिक अवस्था र आवश्यक स्रोतसाधनको अभावका कारण अपेक्षित गतिमा उद्धार अघि बढ्न सकेको छैन।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी काफ्लेले चारवटा मुख्य कारणले उद्धार कार्य प्रभावित भएको बताए।

पहिलो चुनौती—पुनः बाढी आउने जोखिम। बाढीका कारण तिब्बतमा थुनिएको लेन्दे हिमनदीको ताल फुट्न सक्ने जोखिमबारे चिनियाँ पक्षले जानकारी गराएपछि उद्धारमा खटिएका टोली पटक–पटक सुरक्षित स्थानतर्फ फर्किनुपरेको छ।

आइतबार राति पनि भोटेकोसीको बहाव एक्कासि बढेको थियो। यद्यपि थुनिएको तालको पानी क्रमशः निकास भइरहेकाले जोखिम केही कम हुने आकलन गरिएको छ।

दोस्रो चुनौती—सडक सञ्जालको अभाव। बाढीले सडक तथा पुलहरू क्षतिग्रस्त बनाएपछि प्रभावित क्षेत्रमा स्थलमार्गबाट पुग्न कठिन भएको छ। उद्धार टोली हेलिकोप्टरमा निर्भर हुनुपरेको डीआईजी काफ्लेले बताए।

तेस्रो चुनौती—गेग्रानसहितको लेदो। बाढीले तटीय क्षेत्रमा ठूलो मात्रामा लेदो र गेग्रान थुपारेका कारण उद्धार टोली प्रभावितसम्म पुग्नसमेत कठिन भएको छ। कतिपय ठाउँमा लेदोमा फसेका कारण उद्धारकर्मी स्वयं जोखिममा पर्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

चौथो चुनौती—प्रविधि र शव व्यवस्थापन। विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाको उद्धारमा आवश्यक अत्याधुनिक प्रविधिको अभाव देखिएको छ। त्यस्तै, बाढीले क्षतविक्षत बनाएका र पहिचान हुन नसकेका शव व्यवस्थापनसमेत अर्को ठूलो चुनौती बनेको छ।

डीआईजी काफ्लेका अनुसार पहिचान हुन नसकेका शवको डीएनए प्रोफाइलिङका लागि नमुना संकलन गरी हाललाई सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गर्ने निर्णय गरिएको छ।

“यो अन्तिम व्यवस्थापन होइन। पछि परिवारको डीएनएसँग मेल खाए शव उत्खनन गर्न सकिन्छ,” उनले भने।

पहिचान नभएका शव चितवनमा अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को मापदण्डअनुसार व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

जनशक्ति ठूलो संख्यामा परिचालन भए पनि भौगोलिक कठिनाइ, पुनः बाढीको जोखिम, सडक तथा सञ्चार संरचनाको क्षति, लेदो र प्रविधिको अभावले भोटेकोसी बाढीपछिको उद्धार कार्य अझै चुनौतीपूर्ण बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हेटौँडा–काठमाडौं सडकमा बढ्यो सवारी चाप, अत्यावश्यक सवारीलाई प्राथमिकता दिँदै प्रहरी सडकमा

भोटेकोसी–त्रिशूली बाढीपीडितका लागि होटल व्यवसायी रवि धितालको टोलीद्वारा १ करोड ११ लाख सहयोग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जर्मनीका डिफेन्डर रुडिगरले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

हेटौँडा–काठमाडौं सडकमा बढ्यो सवारी चाप, अत्यावश्यक सवारीलाई प्राथमिकता दिँदै प्रहरी सडकमा

भोटेकोसी–त्रिशूली बाढीपीडितका लागि होटल व्यवसायी रवि धितालको टोलीद्वारा १ करोड ११ लाख सहयोग

Iran Fisherwoman’s Life Disrupted by War Uncertainty

US Seeks Extradition of Gaza Donor James ‘Fergie’ Chambers

Faster Homework, Poor Exam Results: The Impact of AI on Student Learning

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu