ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती प्रदेश सरकारले विपद् प्रभावित चार जिल्लालाई ३ करोड दिने


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ८ : १५   बजे

बागमती प्रदेश सरकारले विपद् प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनका स्थानीय तहलाई राहत तथा उद्धारका लागि ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

आइतबार एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारले राहत तथा उद्धारका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए।

मुख्यमन्त्री थापाका अनुसार रसुवाका चार स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन समितिमार्फत १ करोड रुपैयाँ उपलब्ध गराइनेछ। त्यस्तै, नुवाकोटलाई १ करोड, धादिङलाई ५० लाख र चितवनलाई ५० लाख रुपैयाँ प्रदेश विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने निर्णय गरिएको छ।

विपद्का कारण मृत्यु भएका व्यक्तिको अन्त्येष्टिका लागि प्रदेश सरकारले प्रतिमृतक २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको मुख्यमन्त्री थापाले बताए। उक्त रकम सम्बन्धित स्थानीय तहमार्फत मृतकका परिवारलाई उपलब्ध गराइनेछ।

विपद्का कारण प्रभावित क्षेत्रमा खाद्यान्न तथा अस्थायी आवासको समस्या देखिएका स्थानमा प्रदेश सरकारले खर्च बेहोर्ने गरी काम सुरु गरिसकेको पनि उनले जानकारी दिए।

मुख्यमन्त्री थापाले भने, “मृतकका आफन्त हुनुहुन्छ, उहाँहरूको लाउने लुगाबाहेक केही पनि छैन। मृतकको सद्गत गर्नसमेत सकिरहेको अवस्था छैन। तत्कालै हामीले प्रतिमृतक २५ हजार रुपैयाँ सद्गत गर्न दिने निर्णय गरेका छौँ। जहाँ–जहाँ रासनको समस्या छ, जहाँ–जहाँ सेल्टरहरू बसेका छन्, ती सेल्टरमा खाने र अस्थायी बसोवासका लागि लाग्ने खर्च प्रदेश सरकारले बेहोर्ने गरी काम सुरु गरेका छौँ।”

प्रदेश सरकारले स्थानीय तहसँग समन्वय र सहकार्य गरेर राहत तथा पुनःस्थापनाका काम अघि बढाइरहेको मुख्यमन्त्री थापाको भनाइ छ। प्रभावित क्षेत्रमा प्रदेश सरकारको उपस्थिति देखिने गरी तत्कालीन राहतका कामलाई प्राथमिकता दिइएको उनले बताए।

संघीय सरकारले राहत संकलन गरे पनि वितरण गर्न सकेन : मुख्यमन्त्री

मुख्यमन्त्री थापा मगरले संघीय सरकारले रसुवा बाढीपीडितका लागि राहत सामग्री संकलन गरे पनि प्रभावित क्षेत्रमा पुर्‍याउन नसकेको आरोप लगाए।

उनका अनुसार संघीय सरकारले संकलन गरेको राहत सामग्री नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेक र रसुवाको धुन्चेस्थित ब्यारेकमाराखिएको छ।

संघीय सरकारले स्थानीय तथा प्रदेश सरकारसँग पर्याप्त समन्वय नगर्दा राहत वितरण र उद्धारको काम प्रभावकारी हुन नसकेको उनको भनाइ छ।

प्रधानमन्त्री कार्यालयमा आइतबार भएको छलफलपछि राहत सामग्री प्रभावित क्षेत्रमा वितरण गर्ने जिम्मेवारी बागमती प्रदेश सरकारलाई दिइएको उनले जानकारी दिए। अब प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर राहत सामग्री वितरण गर्ने उनले बताए।

मुख्यमन्त्री थापाले भने, “राहत संकलन गरिएको छ, तर सम्बन्धित ठाउँमा अहिले पनि राहत पुगेको छैन। नुवाकोटको बट्टार र रसुवाको धुन्चेको ब्यारेकमा राहत सामग्री राखिएको छ। ती सामग्री वितरण गर्नुपर्ने भएकाले अब स्थानीय पालिकासँग समन्वय गरेर त्यसको जिम्मा प्रदेश सरकारले लिने निर्णय भएको छ।”

रसुवामा ५ हजारभन्दा बढी बेपत्ता भएको दाबी

मुख्यमन्त्री किरण थापाले रसुवामा आएको बाढीबाट करिब ५ हजारभन्दा बढी मानिस बेपत्ता भएको दाबी गरेका छन्।

उनका अनुसार गोसाइँकुण्ड, उत्तरगया र किस्पाङ गाउँपालिकामा बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। गोसाइँकुण्ड गाउँपालिकामा मात्रै करिब २ हजारभन्दा बढी मानिस बेपत्ता भएको उनले बताए।

बाढीमा संविधानसभा सदस्य कर्ण लामाका परिवारका सदस्यहरू पनि बेपत्ता भएको मुख्यमन्त्री थापाले जानकारी दिए।

त्यस्तै, गोसाइँकुण्ड गाउँपालिकाकी पूर्वउपाध्यक्ष प्रतिभा लामा, वडा नम्बर २ का अध्यक्ष कामी छिरिङ तामाङ र वडा नम्बर ५ का अध्यक्ष दावा मिङ्मा तामाङ समेत बेपत्ता रहेको उनले बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीको बाढीले छुटायो परिवार, उद्धवलाई सधैँका लागि खोस्यो

रसुवा भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७८८ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन

सम्बन्धित

रसुवा बाढीपछि कर्णालीका २६७ जना सम्पर्कविहीन, ७४ जना सम्पर्कमा

भोटेकोसी बाढी प्रभावित स्थानीय तहलाई ६ करोड ७५ लाख राहत

रसुवा बाढी : मकवानपुरका ६१ जना अझै सम्पर्कविहीन, ६ जना सम्पर्कमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu